दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गापाद्वारा बाटाकाचौरमा सार्बजनिक सुनुवाई ।

२१ जेष्ठ २०७६, नया“बजार । बागलुङको बरेङ गा“उपालिकाले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बरेङ गाउ“पालिका गाउ“ कार्यपालिकाको कार्यलयको आयोजना तथा रेडियो बिहानी ८९ मेघाहर्जको सहजिकरणमा पालिकास्थित वडा नं. ३ बाटाकाचौरको टारीकाचौरमा आज कार्यक्रम सम्पन्न भएको हो ।

स्थानिय निर्बाचन सम्पन्न पश्चातको २ बर्षको कार्य समिक्षा, प्रश्न उत्तर एवं आर्थिक बर्ष २०७६÷०७७ का लागी योजना तथा सुझाव संकलन समेटिएको कार्यक्रममा वडा ३ का स्थानियहरुले बिविध जिज्ञासा, प्रश्न तथा सुझाव पेश गरेका थिए भने जनप्रतिनिधि र संवन्धीत निकाएका प्रमुख तथा प्रतिनिधिहरुले जवाफ तथा जिज्ञासा मेटाएका थिए ।

बरेङ गाउ“पालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता र उपाध्यक्ष डिल कुमारि पुन तथा प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ राज पौडेलको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरेङ गाउ“पालिकाका ईन्जििनियर तथा प्राबिधिक शाखा प्रमुख कृष्ण बहादुर थापा, पशु सेवा शाखा बरेङका प्रमुख नेत्र प्रसाद शर्मा, कृषि सेवा शाखा बरेङका प्रमुख चन्द्र कान्त कुमार भुज, योजना शाखा प्रमुख मिलन श्रीस राना लगायत जनप्रतिनिधिहरुले सर्बसाधारणहरुको जिज्ञासा मेटाएका थिए ।

वडा नं. ३ का अध्यक्ष पुर्ण बहादुर खनालद्वारा वडाको तथा प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ राज पौडेलद्वारा समग्र गा“उपालिकाको प्रगती प्रतिबेदन पेश गरिएको कार्यक्रम पुर्ण बहादुर खनालको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य शेखर थापाको सहजिकरणमा सम्पन्न भएको थियो ।

रेडियो बिहानी ८९ मेघाहर्जद्वारा प्रतक्ष प्रसारित कार्यक्रम यसअघि वडा नं. ५ सुखौरा र वडा नं. ४ सल्यानको सयुक्त रुपमा सोमबार सपौदेमा सम्पन्न भईसकेको थियो भने वडा नं. १ धुल्लुबा“स्कोट र वडा नं. २ हुग्दिशिरको संयुक्त रुपमा भोलि (बुधवार) बरेङ बजारमा कार्यक्रम सञ्चालन गरिने गाउ“पालिकाको कार्यलयले जनाएको छ ।

« तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्यूनिकरणका लागि विद्यार्थीलाई तालिम «

» बरेङ गापाका महिलाहरुलाई सिप विकास तालिम, कतै सम्पन्न कतै जारि । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal