बरेङ गापाका महिलाहरुलाई सिप विकास तालिम, कतै सम्पन्न कतै जारि ।
दिपेन्द्र परियार, नायाँबजार । २२ जेष्ठ २०७६ । बरेङ गाउँपालिकाको वडा न ३ बाटाकाचौरका महिलाहरुका लागी १५ दिने मुढा बुन्ने तालीम मङगलबार बाटाकाचौरको नयाँवजारमा सम्पन्न भएको छ ।
महिलाको आयआर्जनमा बृद्धिगर्दै उनिहरुको जिबन स्तर उकास्ने उद्धेश्य सहित बरेङ गाउपालिका महिला लक्षित सिप बिकास कार्यक्रम अन्तर्गत सो तालिमको आयोजना गरिएको हो ।
तालिम प्राप्त गरिसकेपछि सहभागी महिलाहरुले यस्ता तालीमले समयको सदुपयोग हुने र ब्यबसायीक बनेर आफ्नो आयआर्जनन मा वृद्धि ल्याउने अपेक्षा गरेको भन्दै आगामी दिनमा तालिमको समयवधी बढाउन आयोजकलाई आग्रह समेत गरेका छन ।
बाटाकाचौरका २० जना महिलाहरुको सहभागीता रहेको तालिमको सहजीकरण हरिमाया बि क ले गरेकी थिइन ।
वडा अध्यक्ष पुर्ण बहादुर खनालको प्रमुख आतित्थ्यता तथा ज्ञानोदय आधारभुत बिद्धयालयका निमित्त प्रधानध्यापक मदन बहादुर कार्कीको बिशिष्ट आतित्थ्यता रहेको समापन कार्यक्रममा वडाका सबै वाड सदस्यहरु लगायत सहजकर्ता हरीमाया बि क ले मन्तब्य राखेका थिए ।
कार्यक्रम बरेङ गाउपालिका वडा न ३ कि दलित महिला सदस्य दिपा सुनारको अध्यक्ष र नायब प्राबिधीक साहायक तथा महिला लक्षित कार्यक्रमका सदस्य सचिब रुपादेबी शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
बरेङ गाँउपालिकाले पालिकाभरका आफ्ना सम्पुर्ण वडाहरुमा महिला लक्षित सिप विकास कार्यक्रम अन्र्तगत कुल ५ लाख ६० हजार बजेट बिनियोजनगरि बिभिन्न सिप मुलक तालिमहरु सञ्चालन गरिरहेको कार्यक्रम संयोजक तथा गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारि पुनले जानकारी दिईन् ।