दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गापाद्वारा बरेङ बजारमा सार्बजनिक सुनुवाई, योजनाको प्रभावकारी कार्यन्वयनमा सहभागिको जोड ।

२३ जेष्ठ २०७६, बरेङ बजार । बागलुङको बरेङ गा“उपालिकाले सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बरेङ गाउ“पालिका गाउ“ कार्यपालिकाको कार्यलयको आयोजना तथा रेडियो बिहानी ८९ मेघाहर्जको सहजिकरणमा पालिकास्थित वडा नं. १ र २ को संयुक्त रुपमा बुधवार कार्यक्रम सम्पन्न भएको हो ।

स्थानिय निर्बाचन सम्पन्न पश्चातको २ बर्षको कार्य समिक्षा, प्रश्न उत्तर एवं आर्थिक बर्ष २०७६÷०७७ का लागी योजना तथा सुझाव संकलन समेटिएको कार्यक्रममा सहभागिहरुले बिविध जिज्ञासा, प्रश्न तथा सुझाव पेश गरेका थिए भने जनप्रतिनिधि र संवन्धीत निकाएका प्रमुख तथा प्रतिनिधिहरुले जवाफ तथा जिज्ञासा मेटाएका थिए । अधिका“श सहभागिहरुले गा“उपालिकाले अगाडि सारेका र आगामाी दिनमा ल्याउने सम्पुर्ण योजनाहरुको प्रभावकारी कार्यन्वयनमा जोड दिएका थिए ।

बरेङ गाउ“पालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता र उपाध्यक्ष डिल कुमारि पुन तथा प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ राज पौडेलको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बरेङ गाउ“पालिकाका ईन्जििनियर तथा प्राबिधिक शाखा प्रमुख कृष्ण बहादुर थापा, पशु सेवा शाखा बरेङका प्रमुख नेत्र प्रसाद शर्मा, कृषि सेवा शाखा बरेङका प्रमुख चन्द्र कान्त कुमार भुज, योजना शाखा प्रमुख मिलन श्रीस राना, वडा नं. १ अध्यक्ष नरसेङ पुन, वडा नं. २ का अध्यक्ष गुप्त प्रसाद काला थापा, गा“उ कार्यपालिका सदस्य एवं प्रवक्ता नर बहादुर बि.क., गा“उ कार्यपालिका सदस्य गंगा क्षेत्री सुनार, स्वास्थ्य शाखा संयोजक पदम बहादुर पुन लगायत जनप्रतिनिधिहरुले सर्बसाधारणहरुको जिज्ञासा मेटाएका थिए ।

वडा नं. १ का अध्यक्ष नरसेङ पुन र वडा नं. २ का अध्यक्ष गुप्त प्रसाद काला थापा द्वारा वडाको तथा प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ राज पौडेलद्वारा समग्र गा“उपालिकाको प्रगती प्रतिबेदन पेश गरिएको कार्यक्रम नरसेङ पुनको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागलुङका सदस्य शेखर थापाको सहजिकरणमा सम्पन्न भएको थियो ।

समग्र गा“उपालिकाको प्रगति प्रतिबेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलले हालसम्मको कूल आय तर्फ ८,६९,४२६ राजश्व संकलन भएको तथा समग्र खर्च तर्फ १४,७५,२६,२३३ अर्थात ६३.७१ प्रतिशत खर्च भएको र पु“जिगत तर्फका ८४ योजना अर्थात ६५ प्रतिशत योजना फच्र्यौट भएको जानाकारी दिए ।

रेडियो बिहानी ८९ मेघाहर्जद्वारा प्रतक्ष प्रसारित कार्यक्रम यसअघि वडा नं. ५ सुखौरा र वडा नं. ४ सल्यानको सयुक्त रुपमा सोमबार सपौदेमा र वडा नं. ३ बाटाकाचौरको मंगलवार नया“बजारको टारिकाचौरमा सम्पन्न भएको थियो ।

« बागलुङ बाटाकाचौरका २०१ विद्यार्थीलाई तालिम «

» अविरल वर्षा र हावाहुरीका कारण हुग्दिशिरका किसान मर्कामा »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal