हुग्दिशिरमा जनगुनासो बढ्यो ः क्षतिको अनुगमन र राहतको पहल भएन
केशब राज क्षेत्री, सुदला १३ आषाढ २०७५ । गत सोमबार राति परेको अविरल वर्षाका कारण बागलुङको बरेङ गाउँपालिकाको वडा नम्बर २ हुग्दिशिरमा भएको भौतिक क्षतिको अनुगमन तथा राहतको लागि कुनै पनि पहल नभएको भन्दै जनगुनासो बढेको छ । बर्षातका कारण आफ्ना घर गोठ तथा खेत लगायतमा भौतिक क्षति पुगेपनि स्थानिय जनप्रतिनिधिहरुले त्यसको शिघ्र अनुगमनमा चासो नदेखाएको भन्दै स्थानियले गुनासो गरेका हुन् ।
“मानविय क्षतिलाई प्राथमिकता दिनुपर्छ दिनुहुदैन भन्दैनौ तर हाम्रो ठाउको पनि धेरै ठाउमा पहिरोले मकै खेती पुरिएको छ, घर गोठ जोखिममा परेको छ त्यसको अुनगमन गरी सात्वना दिएपनि खुसी हुने त थियौ, किन आउदैनन् कोहि पनि यस क्षेत्रमा ” स्थानिय प्रेमबहादुर दर्जीको गुनासो छ ।
“हुग्दिशिरमा धेरैको धान खेती सहितको खेत बगरमा परिणत भएको छ । करिब २० देखि २५ मिटर चौडा भएको खोला अहिले बाढीले गर्दा झन्डै ६० देखि ७० मिटर चौडा बनाइदिएको छ भने त्यो बगरमा खेती गरेर खाने सम्भावना देखिएको छैन तर पनि बाकि रहेका खेतहरुलाई कसरी जोगाउन सकिन्छ विद्युत अवरुद्ध भएको छ, यसको बारेमा गाउँपालिकाले चासो दिने कि नदिने” अर्का स्थानिय कृष्णप्रसाद शर्माको गुनासो छ ।
राति आएको बाढीले सुदलाका लिल श्रीसको खोर सहित करिब ८ बङगु्््रका पाठा र घट्ट कृष्ण श्रेष्ठको पनि खोर सहित करिब एक सय कुखुरा चल्ला लगिदियो त्यस्तै बराहकोट आधारभुत विद्यालयको कार्यालयको सम्पूर्ण सामान सहित २ कोठा भवन बगाइदिएको छ । क्षतिको जिम्मेवारी निर्वाह गरी राहतको लागि कस्तो व्यवस्था हुन्छ ? विद्यालयकी प्रध्यानाध्यापक पुष्पा शर्माले चासो व्यक्त गर्नुभएको छ ।
गुुनासो आउनु पूर्वनै घटना तथा क्षति भएको स्थानमा यथासज्ञ गाउँ तथा वडा पालिकाका प्रमुख तथा प्रतिनीधि साथै राजनीतिक दलका प्रतिनीधिहरु गई अनुगमन गरेर सात्वना तथा सुझाव सल्लाह दिएमा राम्रो हुने थियो कि ?
« लुग्रुङ मा पहिरोको बितण्ड ,एक नाबालिका सहित तीन को मृत्यु «