दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा सामाजिक सुरक्षा भत्ता अब प्रभु बंैकबाट

केशबराज क्षेत्री, बरेङ । २८ जेठ २०७६ । बागलुङको बरेङ गाउँपालिका कार्यालयको आयोजना र प्रभु बैक को सहकार्यमा बरेङ गाउँपालिकाका वडा नम्बर १ र २ का वृद्धवृद्धा, एकल महिला, ५ वर्ष मुनिका दलित बालबालिका र अपाङ्गताको खाता सञ्चालन गर्ने सम्झौता भएपछि निरन्तर खाता सञ्चालन काम जारी रहेको छ । 

बरेङ गाउँपालिकाका दुईवटा वडाका गरेर करिब १ हजार २ सय जनाको तथ्याङ्क रहेको सोही मध्ये मंगलबार सम्म करिब ६ सय जना सामाजिक सुरक्षा लाभग्राहीको खाता खोलिसकिएको र बाँकी रहेकाहरुको आउँदो शनिबार खोलिने प्रभु बैंक बरेङका शाखा प्रबन्धक रेशम आचार्यले जानकारी दिए । 

गाउँगाउँमा भेला भएर दिइएको सेवा अब झन सहज तथा सुरक्षित तरिकाले बैकिङ्ग सेवा प्रदान गर्नका लागि खाता खोलेकै व्यक्तिको खातामा रकम जम्मा गरिदिने र स्वयम् खातावाला जतिबेला गएर पनि आफ्नो रकम निकाल्न सकिने भएको हुनाले बैंक सँग सम्झौता गरिएको त्यस्तै प्रत्येक चार–चार महिनामा खातामा रकम जम्मा हुनेछ बरेङ गाउँपालिकाका प्रशासकिय अधिकृत बैकुण्ठराज पौडेलले बताए  ।

बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरका केहीको मात्र  खाता खोल्न बाँकी रहेको तर वडा नम्बर दुई धुल्लुबास्कोटकाको भने साविकको २, ३ र ४ वडा बाँकी रहेको र ति गाउँका सेवाग्राहीको क्रमशः चित्रेमा अवस्थित प्रा.वि, धुल्लु लिउवा मा.वि, बास्कोट बीच गाउँमा हुनेछ र प्रभु बैंकका कर्मचारी उपस्थित भएर खाता निशुल्क खोलिनेछ  प्रबन्धक आचार्यले बताए ।

आचार्यले भने खाता सञ्चालनका लागि खाता खोल्नुपर्ने ग्राहकले आवश्यक पर्ने प्रमाणपत्रका प्रतिलिपी, फोटा तयार गरी आउनुपर्ने छ, त्यसो हुनाले काम छिटो छरितो  हुनुका साथै ग्राहकालाई पनि दुख हुने छैन । गाउँगाउँमा गएर नै खाता खोलिदिने सेवा दिँदा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरु पनि खुसी महशुस गरिरहेका छन् ।

« इमान्दारीका साथ सामाजिक कार्यमा लागेकी महिला स्वयम्सेविकालाई बिदाइ «

» सर्वोदय माविमा बालबालिका खोज तलास तथा बाल न्याय सम्बन्धि अभिमुखिकरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal