दर्ता. न‌: २४५/०६५/०६६

सर्वोदय माविमा बालबालिका खोज तलास तथा बाल न्याय सम्बन्धि अभिमुखिकरण

लेखान्त पुन, बरेङ । २८ जेठ २०७६ ।  सर्वोदय माध्यमिक विद्यालय बरेङ्गमा बालबालिका खोज तलास तथा बाल न्याय सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न कारणले घर छाडेर हिड्ने वा हराएका बालबालिकाहरुको खोजी कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले बालगुङको बरेङ गाउँपालिका अन्र्तगत पर्ने सर्वोदय माध्यमिक विद्यालयमा मंगलबार सो कार्यक्रम सञ्चालन गरिएको हो । अभिमुखिकरण कार्यक्रमको उद्देश्य बताउँदै इलाका प्रहरी कार्यालय बरेङ्गका प्रहरी नायव निरीक्षक दानबहादुर के.सी. ले हाम्रो वरपर कहिं कतैं अपरिचित वा हराएका बालबालिका देखिएमा नजिकको प्रहरीलाई खबर गर्न अनुरोध गरेका छन् ।

 त्यस्ता वालवालिकाहरु भेटिएका हटलाईन नम्बर १ सय ४ र १ हजार ९८ मा फोन गरेर जानकारी दिन अनुरोध गर्नुभयो । यो हटलाईनमा फोन गर्दा पैसा नलाग्ने पनि के.सी.ले जानकारी दिए ।

कार्यक्रममा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई हराएका बालबालिकाहरुलाई खोजी गर्नको लागि सहयोग गर्न अनुरोध गर्दै बाल न्याय तथा बालअधिकारका बारेमा स्थापित विभिन्न संघ, संस्था, सन्धिहरु, ऐन कानुनहरुको बारेमा पनि जानकारी दिइएको थियो ।

« बरेङमा सामाजिक सुरक्षा भत्ता अब प्रभु बंैकबाट «

» हुग्दिशिर भृकुटी माविका विद्यार्थीलाई प्रजनन स्वास्थ्य तालिम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal