हुग्दिशिर पुरुषोदय माविको ५५ आँै वार्षिउत्सव उद्घाटन
केशबराज क्षेत्री, बरेङ । २९ जेठ २०७६ । पुरुषोदय माध्यमिक विद्यालय बराहकोट बागलुङको ५५ आँै वार्षिक उत्सव कार्यक्रमको बुधबार उद्घाटन भएको छ ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर बराहकोटमा अवस्थित माविका निमित्त प्रध्यानाध्यापक बलबहादुर पुनले भलिबल हानेर खेलको उद्घाटन गरेका हुन् । सोही अवसरमा बोल्दै उनले वार्षिकउत्सवको अवसर पारेर विद्यार्थीहरुका लागि विद्यालयले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीको खेलकुदमा रुचि बढाउनुका साथै खेलका माध्यमबाट पनि व्यवहारिक सिकाईको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कक्षा ९ र १० को अन्तरसदनात्मक भलिबल खेलबाट सुरुवात भएको कार्यक्रमको सञ्चालन शिक्षक चेतनारायण शर्माले गरेका हुन् ।
पुरुषोदय माविको मात्र आन्तरिक कार्यक्रम अन्तरगत आज बालकक्षाको मिठाई दौड, कक्षा १ को अक्षर चिन्ने खेल, कक्षा २ को शब्दनिर्माण खेल, कक्षा ३ को नेपाली श्रुतिलेखन, कक्षा ४ को कुर्चि दौड, कक्षा ५ को अंग्रेजी श्रुतिलेखन र कक्षा ६,७,८ को रिले दौड प्रतियोगिता हुने विद्यालयले जानकारी दिएको छ ।
तीन दिन सम्म हुने वार्षिक उत्सव कार्यक्रममा भोलि बिहीबार खुल्ला नृत्य र वक्तृत्वकला प्रतियोगिता हुनेछ र पर्सी शुक्रबार मुल समारोहका दिन सरकारले दिने र विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम हुनेछ । विद्यालयले सोही दिन सबै अभिभावक लाई उपस्थितिको लागि अनुरोध गरेको छ ।
« हुग्दिशिर भृकुटी माविका विद्यार्थीलाई प्रजनन स्वास्थ्य तालिम «