दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकामा पशु मेला प्रदर्शनी

केशबराज  क्षेत्री , बरेङ । २९ जेठ २०७६ । बरेङ गाउँपालिका कार्यालयको आर्थिक सहयोग र पशु सेवा शाखा कार्यालय बरेङको आयोजनामा बुधबार बरेङ गाउँपालिका कार्यालय सुदलामा पशु मेला प्रदर्शनी सम्पन्न भएको छ ।

बागलुङको बरेङ गाउँपालिकाका ५ वटै वडाका किसानहरुको गाई, गोरु, रागाँ भँैसी, बाख्र्र्रा बोका, बङगुर, उन्नत तथा लोकल कुखुरा हरुको प्रदर्शनी रहेको कार्यक्रममा बरेङ गाउँपालिकाका ३,४,५ वडाका कुनै पनि किसानले आफ्ना पशुपन्क्षी प्रर्दशनीमा ल्याएका थिएनन् ।  वडा नम्बर १ र २ का गरी जम्मा २६ जना किसानका पशुहरु प्रदर्शनी गरिएकोमा ११ जनाले सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।

बरेङ गाउँपालिका २ हुग्दिशिरका वडा अध्यक्ष गुप्तप्रसाद काला , वडा सदस्य रनबहादुर क्षेत्री , मेखबहादुर छन्त्यालको उपस्थिति र पशु सेवाशाखा कार्यालयका प्रमुख नेत्रप्रसाद शर्माको सञ्चालनमा प्रदर्शनी सम्पन्न भएको थियो । 

प्रदर्शनीमा राँगा तर्फ बरेङ गापा १ का कुलप्रसाद शर्मा प्रथम, बरेङ गापा २ का रामबहादुर खत्री द्धितीय र बरेङ गापा २ कै मिमलाल नेपाली तृतीय भएका छन् । बोयर बाख्रो तर्फ बरेङ गापा २ का देवबहादुर खत्री प्रथम, बोयर बोका तर्फ र जमुनापारी बोका तर्फ बरेङ गापा २ का प्रेमबहादुर थापा प्रथम, बरेङ गापा २ का शेरबहादुर थापा द्धितीय र बरेङ गापा २ का होमबहादुर पुन तृतीय भएका छन्  भने खसी तर्फ बरेङ गापा १ का जुजुमान गलामी प्रथम, बरेङ गापा २ का शेरबहादुर थापा द्धितीय भएका छन् । त्यस्तै बङगुर तर्फ बरेङ गापा २ का नरबहादुर पुन प्रथम स्थान हासिल गरे । बिजेता किसानहरुले नगद रु ५ हजार र उपबिजेताहरुले नगद रु २ हजार प्राप्त गरेको पशु सेवा कार्यालयले जानकारी दिएको छ ।

विजेता किसानलाई अबिरद्धारा हुग्दिशिरका वडा अध्यक्ष गुप्तप्रसाद कालाले सम्मान गरेका थिए भने नगद पुरस्कारद्धारा पशु शाखा कार्यालय बरेङका प्रमुख नेत्रप्रसाद शर्माले सम्मान गरेका थिए । 

प्रद्रर्शनी मेला टाढा भएको, सबैलाई पाएक नपरेकोले कम मात्रामा किसानकाहरु आफ्ना पशु लिएर उपस्थिति भएका हुन् । आगामी वर्षहरुमा धेरै ठाउँमा केन्द्र बनाएर किसानको मूल्याङकन गरिने पशु शाखाका प्रमुख शर्माले बताए । किसानहरुले पनि धेरै ठाउँमा केन्द्र हुनुपर्ने सुझाव दिएका छन्  ।

« हुग्दिशिर पुरुषोदय माविको ५५ आँै वार्षिउत्सव उद्घाटन «

» सर्वोदय मावि बरेङमा लागूपदार्थ सेवन न्यूनिकरण सम्बन्धि तालिम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal