दर्ता. न‌: २४५/०६५/०६६

प्रभु बैंक बरेङले गाउँमै पुगेर खाता खोलिदियो, स्थानीय हर्षित

केशवराज क्षेत्री,बरेङ । १ असार २०७६ । प्रभु बैंक शाखा कार्यालय बरेङले  शनिबार करिब १ सय ५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिको  खाता खोलिदिएको छ ।

बाग्लुङको बरेङ गाउँपालिका कार्यालय र प्रभु बैंक शाखा कार्यालय बरेङको समझदारी भएपश्चात बैंकले प्रत्येक शनिबार गाउँगाउँमा पुगेर र अन्य बार कार्यालय बाट बरेङ गाउँपालिकाका वडा नम्बर १ र २ का ५ वर्ष मुनिका दलित बालबालिका, एकल महिला, अपांग र वृद्ध वृद्धाको खाता खोलिदिने कार्य गरेको बैंकले जानकारी दिएको छ ।

 दुइवटा वडाका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिको  खाता असार १० गते भित्र सकिने हालसम्म करिब ८ सय जनाको खाता खोलिसकिएको प्रभु बैंक शाखा कार्यालयका प्रबन्धक रेशम आचार्यले बताए ।

शनिबार बरेङ गाउँपालिकाको वडा नम्बर १ को चित्रे र लिउवा गाउँका स्थानीयको खाता खोलिएको हो भने आगामी शनिबार बरेङ गाउँपालिका  वडा नम्बर १ कै लुरुङ, कोकलदिपका स्थानियको खाता खोलिने सेवा दिइनेछ र पाएक नपरेका व्यक्तिहरुले प्रभु बैंकको जुनसुकै शाखा बाट पनि खाता सन्चालन गर्न सक्नेछन प्रबन्धक आचार्यले जानकारी दिए । 

 दुइवटा वडाको करिब १ हजार २ सय जनाको खाता खोल्नुपर्ने तथ्यांक  बरेङ गाउँपालिका कार्यालयको रहेको छ ।

बैंकका कर्मचारीहरु नै गाउँमै उपस्थित भएर खाता खोलोदिने सेवा दिदा स्थानीय हर्षित भएका छन । गाउँपालिकाले प्रत्येक चौमासिक सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहिको खातामा रकम राखिदिने छ र खातावलाले आफुले पाउनुपर्ने रकम आवश्यक परे निकाल्ने नभए पनि खातामै सुरक्षित हुनेछ  बैंक शाखा प्रबन्धक आचार्यले उल्लेख गरे  ।

« धुल्लु लिउवा माविको भवन अनुगमन, निर्माण कार्य हुँदै «

» संगम आमा समूहद्धारा दिर्घरोगी क्षेत्रीलाई आर्थिक सहयोग, थप सहयोगका लागि अपिल »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal