दर्ता. न‌: २४५/०६५/०६६

धुल्लुबाँस्कोटका ६६ दलित घरपरिवारलाई सुधारिएको चुल्हो !

१४ आषाढ २०७५, बरेङ । धुल्लुबाँस्कोटका ६६ दलित घरपरिवारलाई सुधारिएको फलामे चुल्हो ( बायोमास स्मार्ट स्टोभ ) बितरण गरिएको छ । बागलुङको बरेङ गाऊपालिका वडा नं. १ अन्र्तगतका एकल तथा बिपन्न दलित परिवारलाई लक्षित गर्दै बैकल्पीक उर्जा प्रर्बद्यन केन्द्र बागलुङको अनुदान र बरेङ गाउपालिकाको सिफारिसमा चुल्हो बितरण गरिएको हो ।

बरेङ गाऊपालिका वडा नं. १ का अध्यक्ष नरसेङ पुन र वडा सदस्य द्वय गंगा क्षेत्री सुनार र छत्रबहादुर थापाको रोहबरमा प्रति गोटा रु ६ हजार पर्ने उक्त चुल्हो शत प्रतिशत अनुदानमा बितरण गरिएको अध्यक्ष पुनले बताए ।

वडा नं. १ को कार्यलय लिउवा बाट बितरण गरिने साबिकको घोषणा भएपनि सोमबार रातिको अबिरल बर्षाका कारण बाटो बिग्रएपछि बिहिबार बरेङ बजारबाट बितरण गरिएको हो । निशुल्क चुल्हो प्राप्त गरेपछि आफ्नो दैनिक जिबनमा सहजता आउने प्रतिक्रिया लाभान्वित परिवारका सदस्यहरुले रेडियो बिहानीलाई दिएका छन् ।

« हुग्दिशिरमा जनगुनासो बढ्यो ः क्षतिको अनुगमन र राहतको पहल भएन «

» बिचल्लीमा परेकी सुत्केरी महिलालाई प्रदेशी युवाहरुको साथ ः अनलाईन रोधिघरद्वारा सहयोग »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal