संगम आमा समूहद्धारा दिर्घरोगी क्षेत्रीलाई आर्थिक सहयोग, थप सहयोगका लागि अपिल
केशबराज क्षेत्री, बरेङ । १ असार २०७६ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरमा अवस्थित संगम आमा समुहले एक बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
साविकको हुग्दिशिर वडा नम्बर ५ हाडिपोखरी घर भएका दिर्घ बिरामी जीतबहादुर क्षेत्रीलाई आइतबार संगम आमा समुहले नगद रु ५ हजार सहयोग हो ।
आर्थिक विपन्नताका कारण उपचार गर्न पैसाको कमी भएकोले सानो रकमबाट नै सहयोग गर्न सुरुवात गरेपछि रकम जुट्ने र उपचारका लागि राहत हुने हुनाले सहयोग गरिएको आमा समुहकी अध्यक्ष सावित्रा शर्माले बताइन् ।
करिब ५० घरधुरी रहेको संगम आमा समुहको मासिक बैठक प्रत्येक महिनाको १ गते बस्ने गर्दछ । बैठकमा अध्यक्ष शर्माले सबै सदस्य महिलाहरुलाई आफूहरुले सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरेकी छन् ।
क्षेत्रीका एक छोरा दुई छोरी र श्रीमती रहेका छन् । बिरामी जीतबहादुरलाई आर्थिक सहयोग गर्न चाहेमा उनका दाजु लोकबहादुर क्षेत्रीको मोवाइल नम्बर ९८४७५१०२८० मा सम्पर्क गर्न बताइएको छ । देश तथा विदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोगको लागि क्षेत्रीले अनुरोध गरेका छन् ।
« प्रभु बैंक बरेङले गाउँमै पुगेर खाता खोलिदियो, स्थानीय हर्षित «
» किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम पुरुषोदय माविमा »