दर्ता. न‌: २४५/०६५/०६६

किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम पुरुषोदय माविमा

२ असार २०७६ ।  लेखान्त पुन  बरेङ  । पुरुषोदय माध्यमिक विद्यालय बरेङ्ग बराहकोटमा किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम आइतवार सम्पन्न भएको छ ।

बरेङ गाउँपालिकाको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । तालिममा विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरु सहित १ सय १८ जना सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै बरेङ्ग गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले समाजमा बढ्दै गैरहेको लागूपदार्थ दुव्र्यसनीको प्रयोग न्यूनिकरण, महिनावारी हुँदा किशोरी तथा महिलाहरुलाई हेर्ने समाजको भ्रमपूर्ण दृष्टिकोणमा परिवर्तन गर्न सकियोस् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएकोे जानकारी दिए । 

पुनले समाजमा नारीहरु महिनावारी  हुँदा  समाजले हेर्ने दृष्टिकोण फरक छ । कतिपय ठाउँमा महिनावारी भएका महिलालाई छाउघर बनाएर छुट्टै राख्ने प्रचलन छ त्यस्तो गर्दा रोग लाग्ने सम्भावना झन् बढी हुन्छ, अझ परिवारका अन्य सदस्यहरु सँग छोइन हुँदैन, घर भित्र पस्न हुँदैन भन्ने जुन भ्रम छ त्यसलाई चिर्नको लागि र महिनावारी हुने भनेको नारी परिपक्व भएपछी नियमित हुने प्राकृतिक प्रक्रिया हो त्यसैले महिनावारीको  बारेमा शिक्षित नारी पुरुष खुलेर समाजलाइ बुझाउनु पर्ने बताए  । 

महिनावारी हुँदा  सेनेटरी प्याडको प्रयोग, दैनिक सरसफाइ गर्नुपर्दछ भन्ने कुराको जनचेतना फैलाउन विद्यालयहरुले महत्वपूर्ण सहयोग गर्न सक्ने बताए ।

त्यस्तै समाजका युवा पुस्तामा त झन धूम्रपान र मद्यपान सेवनले गर्दा झैझगडा, दुर्व्यवहार, बलात्कार जस्ता घटना भइरहेका छन्  । लागुपदार्थ सेवनका कारण उमेर नपुग्दै मृत्यु हुने सम्भावना प्रबल रहेको र यसको बारेमा बेलैमा युवा पुस्ताले बुझ्नु जरुरी रहेको इलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रहरी नायव निरीक्षक दानबहादुर के।सी।ले बताए ।

तालिममा सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर हरिमाया थापाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु  जङगफुडजन्य खानेकुरा खान अत्यन्तै रुचि राख्ने, कसरी छिटो भोजन गर्ने भन्ने चलन छ ति खानेकुराले  बालक देखि वृद्ध सम्मका व्यक्तिहरुको स्वास्थ्यमा नराम्रो असर परिरहेको थाहा पाएका छैनन्  । त्यसैले प्रोटिन र पौष्टिक आहारको कमी भइरहेको छ यसको बारेमा चेतना जगाउनु जरुरी रहेको र तालिमले पनि उनिहरुको व्यवहार परिवर्तन गर्न सहयोग पुर्याउने बताइन ।

« संगम आमा समूहद्धारा दिर्घरोगी क्षेत्रीलाई आर्थिक सहयोग, थप सहयोगका लागि अपिल «

» बालज्योति अङ्ग्रेजी बोर्डिङ स्कुल बरेङमा प्रजनन् स्वास्थ्य शिक्षा तालिम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal