दर्ता. न‌: २४५/०६५/०६६

बालज्योति अङ्ग्रेजी बोर्डिङ स्कुल बरेङमा प्रजनन् स्वास्थ्य शिक्षा तालिम

केशबराज क्षेत्री, बरेङ । ३ असार २०७६ । बालज्योति अङ्ग्रेजी बोर्डिङ स्कुल बरेङ बजारमा किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम सोमबार सम्पन्न भएको छ ।

बागलुङको बरेङ गाउँपालिकाको आयोजनामा किशोरी प्रजनन् स्वास्थ्य शिक्षा, तयारी खानेकुरा तथा लागुपदार्थ सेवन न्युनिकरण सम्बन्धि तालिम सम्पन्न भएको हो । तालिममा स्कुलका शिक्षक शिक्षिका र विद्यार्थीहरु सहित करिब ५५ जना सहभागि भएका थिए ।

तालिममा बोल्दै बरेङ्ग गाउँपालिका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले किशोरी तथा महिलाहरु महिनावारी हुँदा समाजले हेर्ने दृष्टिकोण फरक छ । समाजको भ्रमपूर्ण दृष्टिकोणमा परिवर्तन गर्न सकियोस् भन्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएकोे जानकारी दिए । 

पुनले कतिपय ठाउँमा महिनावारी भएका महिलालाई छाउघर बनाएर छुट्टै राख्ने प्रचलन अझै हटेको छैन त्यसो गर्दा रोग लाग्ने सम्भावना झन् बढी हुन्छ, अझ परिवारका अन्य सदस्यहरु सँग छोइन हुँदैन, घर भित्र पस्न हुँदैन भन्ने जुन भ्रमको जालोलार्ई चिर्नको लागि र महिनावारी हुने भनेको नारी परिपक्व भएपछी नियमित हुने प्राकृतिक प्रक्रिया हो त्यसैले महिनावारीको  बारेमा शिक्षित नारी पुरुष खुलेर समाजलाइ बुझाउनु पर्ने  साथै महिनावारी हुँदा  सेनेटरी प्याडको प्रयोग, दैनिक सरसफाइ गर्नुपर्दछ भन्ने कुराको सन्देश फैलाउनुपर्ने बताए ।

त्यस्तै पछिल्लो समयमा समाजका युवा देखि वृद्ध अवस्थाका व्यक्तिहरुमा त झन धूम्रपान र मद्यपान सेवनले गर्दा दुव्र्यवहार, झैझगडा, बलात्कार, जस्ता घटना भइरहेका छन्  । लागुपदार्थ सेवनका कारण उमेर नपुग्दै मृत्यु हुने, आत्महत्या गर्ने, मानसिक सन्तुलन गुम्ने जस्ता नकरात्मक असर परिरहेको छ, यसको बारेमा बेलैमा युवा पुस्ताले बुझ्नु जरुरी रहेको साथै लागुपदार्थ सेवन स्वास्थ्यका लागि हानिकारक रहेको चेतना फैलाउनु पर्ने इलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रहरी निरीक्षक नरेन्द्रजंग कार्कीले बताए ।

तालिममा सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर हरिमाया थापाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु जङगफुडजन्य खानेकुरा खान अत्यन्तै रुचि राख्ने, कसरी छिटो भोजन गर्ने भन्ने प्रचलन छ ति खानेकुराले  बालक देखि वृद्ध सम्मका व्यक्तिहरुको स्वास्थ्यमा नराम्रो असर परिरहेको थाहा पाएका छैनन्  । त्यसैले अभिभावकले आफ्ना छोराछोरीलाई र शिक्षकहरुले  विद्यार्थीलाई  प्रोटिन र पौष्टिक आहार हुने खालका खानामा जोडबल गराउनुपर्ने बताइन् । उनले  विद्यार्थीलाई आफ्नै करेसामा उत्पादन भएका हरिया सागपात, फलफुल, गेडागुडी खानुपर्ने साथै यसको बारेमा समाजमा चेतना जगाउनु जरुरी रहेको बताएकी थिइन् ।

बरेङ गाउँपालिकाका सबै वडा भित्रका माविहरुमा गर्नुपर्ने कार्यक्रम अन्र्तगत गाउँपालिका का २,३,४ र ५ वडाका माविहरुमा गरिसकिएको अब बाँकी  १ नम्बर वडाको धुल्लु लिउँवा माविमा बुधबार हुने आयोजकले बताएको छ । 

« किशोरी प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धि तालिम पुरुषोदय माविमा «

» बरेङ गाउँपालिकामा मसलाबाली सम्बन्धी तालिम सुरु »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal