दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकामा मसलाबाली सम्बन्धी तालिम सुरु

 लेखान्त पुन बरेङ । ३  असार २०७६ । बागलुङको बरेङ गाउँपालिकामा मसलाबाली सम्बन्धि तालिम सुरु भएको छ ।

 कृषि सेवा कार्यालय बरेङको व्यवस्थापनमा सोमवार सुरु भएको तालिम बुधवार सम्म सञ्चालन हुने कृषि सेवा कार्यालयले जानकारी दिएको छ । तालिममा गाउँपालिकाका वडा नम्बर १, २ र ३ का २५ जना अगुवा कृषकहरु सहभागी भएका छन् । 

३ दिन सम्म चल्ने सो तालिममा मसलाजन्य बालीहरु अलैंची, अदुवा तथा वेसारको उत्पादन, स्याहार सुसार, उपचार, भण्डारण लगाएतका विषयमा सक्षम बनाइने कृषि सेवा कार्यालय बरेङका कृषि प्राविधिक सहायक चन्द्रकान्त कुमार भुजले बताए । बरेङ गाउँपालिकामा अलैंचीको खेती विस्तार भएकाले अलैंची बाली सम्बन्धि तालिम केन्द्रित गरिने भुजले जानकारी दिए ।

« बालज्योति अङ्ग्रेजी बोर्डिङ स्कुल बरेङमा प्रजनन् स्वास्थ्य शिक्षा तालिम «

» बरेङमा व्यवसायिक मसलाबाली सम्बन्धि तालिम, तालिममा अलैँची पकेट क्षेत्रको अवलोकन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal