बाग्लुङ सल्यान स्वास्थ्य चौकीको सामाजिक परिक्षण तथा आम भेला सम्पन्न ।
केशबराज क्षेत्री, बरेङ । ५ असार २०७६ । आ.व २०७५÷०७६ को स्वास्थ्य सेवा सम्बन्धि सामाजिक परिक्षण सहितको आम भेला बुधबार सल्यानमा सम्पन्न भएको छ ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ४ सल्यानमा अवस्थित सल्यान स्वास्थ्य चौकीमा भएको भेलमा एकवर्ष भित्र भए गरेका स्वास्थ्य सेवा सम्बन्धि सामाजिक सेवाको प्रस्तुतीकरण के कस्तो रहयो अब स्वास्थ्यमा कस्तो उपलब्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको स्वास्थ्य चौकी कार्यालयले जानकारी दिएको छ ।
बरेङ गाउँपालिकाको विकट क्षेत्रमा पर्ने तर सेवा सुविधाका हिसाबले जनतालाई खुसी बनाउने कार्य भैरहेको अझै प्रगतिको कामना गर्दै सल्यान सुखौरा माध्यामिक विध्यालयका पुर्व प्रध्यानाध्यापक हरिकृष्ण शर्मा, जनप्रतिनिधि अमृत गौतमले स्वास्थ्य चौकी कार्यालय सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
भेलमा सहभागी बाट उठेका सवालहरुको जवाफ स्वास्थ्य चौकीका सिनियर अहेब लिलाराम शर्मा स्पष्ट पारिदिएका थिए । साथै अन्य सवालहरुको जवाह दिदै भेलामा सल्यानका वडा अध्यक्ष लिलबहादुर खत्रीले अब सल्यान स्वास्थ्य चौकीबाट रिफर गरिएका सुत्केरी र गर्भवतीलाई वडा कार्यालय बाट प्रतिव्यक्ति रु. ५÷५ हजार का दरले रकम प्रदान गरिने समेत प्रतिबद्धता गरेका छन् ।
कार्यक्रम वडा नम्बर ४ सल्यानका वडा अध्यक्ष लिलबहादुर खत्रीको अध्यक्षता, स्वास्थ्य चौकीका सल्लाहकार मुकुन्द गौतमको स्वागत मन्तव्य र गलकोट सामुदायिक केन्द्रका सामाजिक परिक्षक थम्मन थापा सन्देशको सन्चालनमा सम्पन्न भएको थियो ।
« धुल्लुलिउवा माविमा १४२ विद्यार्थीले लिए प्रजनन् स्वास्थ्य सम्बन्धि तालिम «