दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गापाद्वारा २७ करोड बढीको बजेट सार्वजनिक, वडा अध्यक्षहरुको एकरुपता प्रशंसनिय ः ढूङगाना ।

१० आषाढ २०७६, सुदला । बागलुङको बरेङ गाउँपालिकाले आ.ब. २०७६÷०७७ का लागी २७ करोड बढीको बार्षिक बजेट सार्बजनिक गरेको छ । आर्थिक बर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम र बजेट संबन्धी बरेङ गाउँ कार्यपालिकाको कार्यलय सूदलामा आयोजित बरेङ गाउँपालिकाको पाँचौ गाउँसभाले आगामी आ.ब. का लागी रु २७ करोड १४ लाख ७३ हजारको बार्षिक बजेट सार्बजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढूङगानाले हाल स्थानिय सरकार शक्तिशाली रहेको तर पार्टीगत कुरा नमिल्दा देसैभरका स्थानिय तहहरुमा बिकास निर्माणका काममा खिचलो भैरहंदा बरेङ गाँउपालिकाले त्यसको विपरित नमुना उदाहरण पेश गरेको बताएका छन् । स्थानिय तहहरुका लागि कर्मचारि संयोजन प्रमुख चुनौती बनिरहेका बेला एकरुपता देखाएर योजना छनौट र कार्यन्वयनमा प्रभावकारी भुमिका खेलेको भन्दै ढूङगानाले सबै वार्ड अध्यक्षहरुको प्रशंसा गरे ।

फरक प्रशंगमा ढूङगानाले अनेकौं पहल गरिए पनि बरेङ गाउँपालिकालाई राष्ट्रिय गौरवका एउटा पनि आयोजनाले नछुनु दुखद भएको बताए । पैसा कमाउन जनताले निर्बाचित नगरेकाले नितान्त जनताको हितमा लाग्न जनप्रतिनिधिहरुलाई ढूङगानाको आग्रह छ ।

आ.ब. २०७६÷०७७ को बार्षिक बजेट सार्बजनिक गदै बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारि पुनले सामाजिक, अर्थिक र पूर्वाधार बिकास, वातावरण तथा विपत व्यवस्थापन, संस्थागत बिकास तथा सेवा प्रवाह, बित्तिय व्यवस्थापन तथा शुसासन लगायतका शिर्षकमा एकमुष्ठ रु २७ करोड १४ लाख ७३ हजारको बजेट सार्बजनिक गरेकी थिईन् ।

योजनागत खर्च तर्फ वडा नं. १ धुल्लुबाँस्कोटलाई ७० लाख, वडा नं. २ हुग्दिशिरलाई ७५ लाख, वडा नं. ३ बाटाकाचौरलाई ७० लाख र वडा नं. ४ र ५ सल्यान र सुखौरालाई ५५÷५५ लाख बजेट बिनियोजन गरिएको पुन द्वारा सार्वजनिक वार्षिक बजेटमा उल्लेख गरिएको छ ।

त्यस्तै संघ तथा प्रदेश सरकार संगको साझेदारिमा योजना सञ्चालनका लागि समपुरुक कोषमा रु १ करोड ५० लाख, पुर्ण उज्यालो बस्तीका लागि रु ५ लाख, बिपद व्यवस्थापनका लागि रु १० लाख, खरछानो मुक्त कार्यक्रमका लागि रु २० लाख, युवा तथा खेलकुद विकासको लागि रु ५ लाख, लैङ्गिक समानता र सामाजिक समावेशिकरणका लागि रु ३५ लाख, सहकारी सुदृढीकरणका लागि रु ५ लाख, कृषि बिकासका लागि रु ७० लाख, पशु सेवा शाखा कार्यलय द्वारा कार्यक्रम सञ्चालनका लागि रु ५५ लाख, स्वास्थ्यमा रु ६० लाख, शिक्षामा रु ६० लाख तथा पर्यटनक बिकासका क्षेत्रमा रु २० लाख बजेट बिनियोजन गरिएको छ ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता, प्रबक्ता नर बहादुर बि.क. को स्वागत तथा योजना शाखा प्रमुख मिलन श्रीस रानाको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रको कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट पुर्ण बहादुर खनाल, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेल उपाध्यक्ष दिल कामारि पुन लगायतले बोलेका थिए ।

गाउँसभामा प्रस्तुत बार्षिक निति तथा कार्यक्रम, आ.ब. २०७६÷०७७ को बार्षिक बजेट, बरेङ गाउँपालिकाको आर्थिक ऐन २०७६ लगायतका प्रस्तावहरु सर्बसम्मतीमा पारित भएका छन् । 

« बरेङ गाउँपालिकामा मेलमिलाप सम्बन्धि तालिम सुरु «

» एस ईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal