दर्ता. न‌: २४५/०६५/०६६

बिचल्लीमा परेकी सुत्केरी महिलालाई प्रदेशी युवाहरुको साथ ः अनलाईन रोधिघरद्वारा सहयोग

दिपेन्द्र परियार, बरेङ १४ आषढ २०७५ । वाग्लुङको बरेङ गाउपालिका वडा नं. ३ वाटाकचौर खाल्लेकी एक महिला लाई अनलाइन रोधी घर को सकृयतामा प्रदेशमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । सहयोग रकमलाई सोमवार शारदा माध्यमिक बिद्यालय किसीमकोटका निमित्त प्रधानध्यापक रामजि प्रसाद न्यौपाने र शिक्षक गणेस खत्रीले एक कार्यक्रम का बिच हस्तान्तरण गर्नुभएको छ ।

श्रीमान को निधन भएपछि बिचल्लीमा परेकी वाग्लुङ वाटाकचौर खाल्लेकी देबु रुचाल लाई सुत्केरी खर्च स्वरुप साग्दी सत्यवति अनलाइन रोधीघरको सकृयतामा रोजगारिको सिलसिलामा दुबै,कतार,मलेसिया साउदि, कुबेत र अफगानिस्तानमा रहेका नेपालिहरुबाट संकलन गरिएको रु १६ हजार र साग्दि निबासी सुरज चन्चले हाल मलेसिया बाट रु ४ हजार गरी जम्मा रु २० हजार हस्तान्तरण गरिएको हो ।  

साग्दी सत्यवति अनलाइन रोधीघरका सस्थापक लोक श्रिसका अनुसार वाटाकाचौर खाल्लेमा रहेको वालबिकास नि मा बि मा जगेडा कोष स्थापना गरिदिने र कोष वाट आएको ब्याज बाट देबु रुचालका वालबच्चा हरुको शिक्षा तथा शैक्षिक सामाग्रीमा  खर्च गर्ने बताइएको छ । रोधीघरले रुचालको आयआर्जन सुधारको लागी १० वटा वाख्रा समेत किनीदिने श्रिसले जानकारी दिनुभएको छ ।

यसैबिच रुचालको अवस्था दयनिय भएको भन्दै शारदा मा बि का विधार्थिहरुको तर्फबाट १ क्वीन्टल चामल र बिद्यार्थी शिक्षकहरुका  तर्फवाट रु ३६ सय नगद तथा नया बजार निबासी राजन खत्रीका तर्फबाट नगद रु २ हजार सङकलन गरि सोहि कार्यक्रममा हस्तान्तरण गरिएको विरेन्द्र श्रेठले जानाकारि दिनुभएको छ । 

रुचालका १५ दिनकी १ नावालिका छोरि सहित ६ छोरि रहेका छन । 

« धुल्लुबाँस्कोटका ६६ दलित घरपरिवारलाई सुधारिएको चुल्हो ! «

» सर्बोदय माबिका शिक्षक तथा एसईई परिक्षा उत्तिर्ण बिद्यार्थीहरुलाई सम्मान । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal