हुग्दिशिरको सूदलामा जिप दुर्घटना, २ घाईते ।
केशब राज क्षेत्री, सुदला । १४ आषाढ २०७६ । बरेङ गाउँपालिकाको वडा नं. २ हुग्दिशिर सूदलामा जिप दुर्घटना भएको छ । बाटाकाचौरको नयाँबजार देखि बागलुङ सदरमुकामका लागि छुटेको ध १ ज ४९१ नं.को रोकी राखेको जिप आकाश्मात गुडेर पल्टदा २ जना घाईते भएका छन् ।
गाडि सूदला चोकमा रोकी राखेर चालक हिरा काउचा यात्रु बोलाउन जाँदा आकाश्मात गाडी गुडेपछि अत्तालिएर गाडिबाट हाम फाल्दा बरेङ गाउँपालिका वडा नं. ३ नयाँबजारकी ७५ बर्षीय बिष्णुमाया खत्रीको छातीमा चोट लागेको छ भने हुग्दिशिर बाझाडीकी डेढ बर्षीय टेरिसा परियारलाई आफ्नी आमाले बचाउन गाडी बाहिर फाल्दा खुट्टा फ्याक्चर भएको छ ।
घाईतेहरुलाई उपचारका लागि मिसन अस्पताल पाल्पा पठाईएको छ भने उपचार खर्च धौलागिरि जिप व्यावसायी समितिले व्यहोर्ने जिम्मा लिएको जनाईएको छ । सडक बाट १ मिटर तल खसेको जिपमा ४ जना यात्रु सवार थिए ।
« एस ईई नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट «
» हुग्दिशिरको सूदलामा जिप दुर्घटना, एकको मृत्यु एक घाईते । »