हुग्दिशिरको सूदलामा जिप दुर्घटना, एकको मृत्यु एक घाईते ।
केशब राज क्षेत्री, सुदला । १४ आषाढ २०७६ । बरेङ गाउँपालिकाको वडा नं. २ हुग्दिशिर सूदलामा जिप दुर्घटना हुंदा एकको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । बाटाकाचौरको नयाँबजार देखि बागलुङ सदरमुकामका लागि छुटेको ध १ ज ४९१ नं.को रोकी राखेको जिप आकाश्मात गुडेर पल्टदा बरेङ गाउँपालिका वडा नं. ३ नयाँबजारकी ७५ बर्षीय बिष्णुमाया खत्रीको ज्यान गएको हो ।
गाडि सूदला चोकमा रोकी राखेर चालक हिरा काउचा यात्रु बोलाउन जाँदा आकाश्मात गाडी गुडेपछि अत्तालिएर गाडिबाट हाम फाल्दा मृतक खत्रीको छातीमा चोट लागेको थियो भने हुग्दिशिर बाझाडीकी डेढ बर्षीय टेरिसा परियारलाई आफ्नी आमाले बचाउन गाडी बाहिर फाल्दा खुट्टा फ्याक्चर भएको थियो ।
घाईतेहरुलाई उपचारार्थ मिसन अस्पताल पाल्पा लैजाने क्रममा बाटाकाचौरको नयाँबजार पुग्दा खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरेङ डाँडाका ईन्चार्ज नरेन्द्र जंग कार्कीले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि बागलुङ सदरमुकाम पठाउने तयारी भइरहेको छ । सडक बाट १ मिटर तल खसेको जिपमा ४ जना यात्रु सवार थिए ।
« हुग्दिशिरको सूदलामा जिप दुर्घटना, २ घाईते । «
» रेश्नल ईन्स्टिच्युट बरेङले इपिएस परिक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्यो »