रेश्नल ईन्स्टिच्युट बरेङले इपिएस परिक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्यो
केशवराज क्षेत्री,बरेङ । २०७६ असार १८ । रेश्नल ईन्स्टिच्युट शाखा कार्यालय बरेङले इपिएस परिक्षामा उत्तीर्ण विद्यार्थीलाई मङगलबार सम्मान गरेको छ ।
बागलुङको बरेङ गाउँपालिका २ बरेङ बजारमा अवस्थित उक्त शाखाले इपिएसको दशौ भाषा परिक्षाको पहिलो चरणमा उत्तीर्ण ७ विद्यार्थीलाई सम्मान गरेको हो ।
मुख्य शाखा काठमाडौमा रहेको ईन्स्टिच्युटले यस ठाउँमा पहिलो वर्षमै गतिलो नतिजा निकाल्न सफल भएको प्रशिक्षक बिष्णु ढकालले बताए ।
उनले विद्यार्थीलाई दोस्रो चरण सङ्गै रोजगारका लागि कोरिया जाने काम सफल होस भन्ने शुभकामना दिदै आगामी वर्षमा अझ उत्कृष्ट नतिजा ल्याउने बिस्वास व्यक्त गरे । रेश्नल ईन्स्टिच्युट शाखा कार्यालय बरेङबाट ४१ जना विद्यार्थी परिक्षामा सम्मिलित थिए ।
बागलुङ सदरमुकाम देखि दक्षिणी भेग र गुल्मिको उत्तरी भेगको संगम स्थल बरेङ बजार भौगोलिक हिसाबले पछि परेको ठाउँ हो र पिछडिएको ठाउँमा आएर कोरियन भाषा पढाउनु गौरवता भएको प्रशिक्षक ढकालले बताए साथै अब नयाँ कक्षा साउन ५ गते बाट सुचारू हुने समेत जानकारी दिए ।
« हुग्दिशिरको सूदलामा जिप दुर्घटना, एकको मृत्यु एक घाईते । «
» बिहानीको सदस्य अभिमुखिकरण बरेङमा, सहकारीको कर्जा नतिर्ने अब सजिलै कानुनी कठ्घरामा ः जिसी । »