बिहानीको सदस्य अभिमुखिकरण बरेङमा, सहकारीको कर्जा नतिर्ने अब सजिलै कानुनी कठ्घरामा ः जिसी ।
१८ आषाढ २०७५, बरेङ । बरेङ गाउँपालिकाको बरेङ बजारमा अवस्थित बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. ले सदस्य अभिमुखिकरण तथा सहकारी व्यवस्थापन र लेखा तालिम सम्पन्न गरेको छ । बरेङ गाउँपालिका सँगको साझेदारीमा संस्था द्वारा आयोजित उक्त कार्यक्रम बरेङ गाँउपालिकाको लागी बरेङ बजारमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीको कर्जा नतिर्नेहरुलाई अब कानुनले कुनै पनि कसुरमा नछाड्ने बताएका छन् । छिट्टै नयाँ संसोधित सहकारी ऐन २०७४ ले व्यवस्था गरे अनुरुप कर्जा सूचना केन्द्र बन्न लागेको र सो केन्द्र स्थापना भए पश्चात कर्जा नतिर्नेहरुलाई कालो सूचिमा राख्ने तथा जुनसुकै ठाँउमा भएपनि कार्बाही गर्न सकिने भएकाले सहकारीको कर्जा नतिर्ने अब कुनै पनि हालतमा उम्कन नपाउने जिसीको भनाई छ ।
सदस्यहरुको आयआर्जन बृद्धिका लागी अभिमुखिकरण, सहकारी व्यवस्थापन तथा लेखा बिषयक सदस्यहरुलाई बिभिन्न प्रशिक्षणहरु दिईएको कार्यक्रममा संस्थाका लेखा समिति संयोजक ठगराज शर्मा, सर्बोदय क्याम्पस प्रमुख फूलकुमारी शर्मा लगायतले बोलेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता, सञ्चालक मिन बहादुर पुनको स्वागत तथा प्रबन्धक शेखर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
सोहि कार्यक्रम जैमिनि नगरपालिकाको लागी राङखानी सेवा केन्द्र मार्फत जैमिनि नगरपालिका वडा नं. १० को डाँडाखानी भोलि आयोजना गरिएको संस्थाले जनाएको छ ।
« रेश्नल ईन्स्टिच्युट बरेङले इपिएस परिक्षामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्यो «
» पर्यटनविद् ढकालको टोली धुवाँखोलामा, विभिन्न विषयमा प्रशिक्षणका लागि ८ प्रशिक्षकको उपस्थिति »