दर्ता. न‌: २४५/०६५/०६६

जैमिनि नगरपालिकामा बिहानीको सदस्य अभिमुखिकरण तथा लेखा व्यवस्थापन तालिम ।

२० आषाढ २०७५, डाँडाखानी । बरेङ गाउँपालिकाको बरेङ बजारमा अवस्थित बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. ले सदस्य अभिमुखिकरण तथा सहकारी व्यवस्थापन र लेखा तालिम सम्पन्न गरेको छ । बरेङ गाउँपालिका सँगको साझेदारीमा संस्था द्वारा आयोजित उक्त कार्यक्रम जैमिनि नगरपालिकाको लागी राङखानी सेवा केन्द्र डाँडाखानीमा सम्पन्न भएको हो । 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक, राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीको कर्जा नतिर्नेहरुलाई अब कानुनले कुनै पनि कसुरमा नछाड्ने बताएका छन् । छिट्टै नयाँ संसोधित सहकारी ऐन २०७४ ले व्यवस्था गरे अनुरुप कर्जा सूचना केन्द्र बन्न लागेको र सो केन्द्र स्थापना भए पश्चात कर्जा नतिर्नेहरुलाई कालो सूचिमा राख्ने तथा जुनसुकै ठाँउमा भएपनि कार्बाही गर्न सकिने भएकाले सहकारीको कर्जा नतिर्ने अब कुनै पनि हालतमा उम्कन नपाउने जिसीको भनाई छ ।

सदस्यहरुको आयआर्जन बृद्धिका लागी अभिमुखिकरण, सहकारी व्यवस्थापन तथा लेखा बिषयक सदस्यहरुलाई बिभिन्न प्रशिक्षणहरु दिईएको कार्यक्रममा संस्थाका सदस्य प्रेम कुमारी श्रीस राना, रेडियो बिहानीका संस्थापक सल्लाहकार यम पुन, जैमिनि १० का कार्यवहाक अध्यक्ष छबिलाल श्रीस राना लगायतले बोलेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष पुर्ण बहादुर पुनको अध्यक्षता, सञ्चालक तथा सेवा केन्द्र संयोजक तर्क बहादुर थापाको स्वागत तथा प्रबन्धक शेखर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

« पर्यटनविद् ढकालको टोली धुवाँखोलामा, विभिन्न विषयमा प्रशिक्षणका लागि ८ प्रशिक्षकको उपस्थिति «

» धुँवाखोलामा “होमस्टे सम्बन्धि तालिम जारी” रमाइलोका साथ तालिम लिन पाउँदा स्थानीय हर्षित »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal