दर्ता. न‌: २४५/०६५/०६६

धुँवाखोलामा “होमस्टे सम्बन्धि तालिम जारी” रमाइलोका साथ तालिम लिन पाउँदा स्थानीय हर्षित

केशबराज क्षेत्री, बरेङ । २०७६ आषाढ २० । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङमा आधारभूत घरबास सम्बन्धि तालिम जारी रहेको छ ।

काठमाडौँबाट पर्यटनविद् जगतशेखर ढकालको नेतृत्वमा आएका ८ जना प्रशिक्षकहरु धुवाँखोला होमस्टेमा नृत्य, संगीत , सरसफाइ , व्यवस्थापन, विभिन्न खानाका परिकार बनाउने, सर्भिसिङ, योगा ध्यान, ट्रेकिङका लागि गाइडर, विविध विषयमा तालिम भैरहेको होमस्टे सञ्चालनका अध्यक्ष राजेन्द्र गुरुङले बताए ।

रमाइलो वातावरणमा समुहमा विविध विषयका बारेमा जान्न पाउँदा होमस्टे सञ्चालकहरु खुसी महशुस गरेका छन् । विगत एक वर्षबाट होमस्टे स्थानीय आमासमूह र क्लबहरुले  सञ्चालनमा लिदैँ आइरहेका छन् । पर्यटकको उपस्थिति राम्रै रहेको हालसम्म आम्दानी चित्त बुझ्दो भएकोले उनीहरु हर्षका साथ अझै व्यवस्थित गरि घरवास कार्यक्रमलाई सञ्चालन गर्ने बताएका छन् । 

धुवाखोला होमस्टेमा आउने पाहुनाहरु स्थानीय सांस्कृतिक परम्परमा रमाउन पाउने, स्थानीय गाउँ वरपरका ऐतिहासिक धरोहरसँगै सिद्धबाबा कालिलेख, हिले सत्यवती मन्दिर, अवलोकन सँगै स्थानीय स्तरमा उत्पादित फलफुल, तरकारी, कोदोको ढिडो, कोदोको सेल, आटो, गुन्द्रुक मकै, मकैको सेल, विशुद्ध अर्गा्निक निउरो खान पाइने होमस्टे सञ्चालक समितिका सचिव आशिष गुरुङले जानकारी दिए । 

एक हप्ते घरवास सम्बन्धि तालिमको उद्घाटन मङ्गलबार कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगरले गरेका थिए । तालिम २२ गते सम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । 

« जैमिनि नगरपालिकामा बिहानीको सदस्य अभिमुखिकरण तथा लेखा व्यवस्थापन तालिम । «

» बरेङमा गर्भवती तथा २ वर्ष मुनिका बालबालिकाहरुलाइ चल्ला वितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal