दर्ता. न‌: २४५/०६५/०६६

बरेङमा गर्भवती तथा २ वर्ष मुनिका बालबालिकाहरुलाइ चल्ला वितरण

केशवराज क्षेत्री, बरेङ । २०७६ असार २३ । बागलुङको बरेङ गाउँपालिकाको आयोजनामा बरेङ गाउँपालिका भित्रका गर्भवती तथा २ वर्ष मुनिका बालबालिकाहरुका लागि  तरकारीको बीउ गिरीराज चल्ला र दाना वितरण भएको छ ।

बरेङ गाउँपालिकाको महिला लक्षित कार्यक्रमबाट आइतबार बरेङ गाउपालिका १ धुल्लुबास्कोट्मा १४४ जनालाई तरकारी बीउ,चल्ला र दाना वितरण गरिएको हो ।

गर्भवती महिला र दुई वर्ष मुनिका बालबालिकाको मस्तिष्क वृद्धि विकासका लागि प्रोटिनको आवश्यकता पर्ने हुनाले मासुजन्य पदार्थबाट अत्यधिक प्रोटिन पाइनाले पोसिलो खानेकुरा लक्षित गरेर तरकारी बीउ र चल्ला बितरण गरिएको बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुनले बताए  ।  

वितरण कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा, बरेङ गाउँपालिकाका स्वास्थ्य प्रमुख पदम बहादुर पुन, बरेङ गाउपालिका कार्यपालिका सदस्य गङ्गा क्षेत्री सुनार, सुआहारा फिल्ड प्रमुख हरिमाया थापा र कृषिशाखा कार्यालय बरेङबाट रुपा कंडेल शर्माको समेत उपस्थिति रहेको थियो ।

 आइतबार बरेङ गाउँपालिकाकै वडा नम्बर ३ बाटाकाचौर, वडा नम्बर ४ सल्यान र वडा नम्बर ५ सुखौरामा पनि गर्भवती  महिला र दुई वर्ष मुनिका बालबालिकालाई तरकारी बीउ,गिरिराज चल्ला, दाना वितरण गरिएको र सोमबार सोही कार्यक्रम बरेङ गापा २ हुग्दिशिरमा हुने आयोजकले जानकारी दिएको छ ।

« धुँवाखोलामा “होमस्टे सम्बन्धि तालिम जारी” रमाइलोका साथ तालिम लिन पाउँदा स्थानीय हर्षित «

» धुवाँखोलामा घरवास तालिम सम्पन्न, स्थानीयका आवश्यकता र मागलाइ पूरा गर्ने थापाको प्रतिबद्धता »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal