दर्ता. न‌: २४५/०६५/०६६

धुवाँखोलामा घरवास तालिम सम्पन्न, स्थानीयका आवश्यकता र मागलाइ पूरा गर्ने थापाको प्रतिबद्धता

केशवराज क्षेत्री, धुवाँखोला । २०७६ असार २३ । धुवाँखोला होमस्टेमा ६ दिने घरवास सम्बन्धि तालिम आइतबार सम्पन्न भएको छ ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङमा रहेको  होमस्टे “धुवाँखोला होमस्टे“ मा ६ दिने घरवास सम्बन्धि तालिमको समापन भएको हो ।

समापन अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि  तथा कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा मगरले कालीगण्डकी गाउँपालिकाकै एक मात्र होमस्टे  धुवाखोला होमस्ट रहेको, यसलाइ  अझ व्यवस्थित गर्दै बढी भन्दा बढी  पर्यटकलाई भित्राउने र आर्थिक क्षेत्रमा बलियो  बनाउने उल्लेख गरे ।  कालीगण्डकी गाउँपालिका र नेपाल पर्यटन बोर्डको संयोजनमा उक्त तालिम भएको हो । थापाले आफू यस ठाउँको विकासका लागि लागिपरेको र स्थानीयको आवश्यकता, मागलाई पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

त्यस्तै प्रशिक्षक तथा पर्यटनविद जगतशेखर ढकालले भने कार्यक्रमको समिक्षा गर्दै गुल्मीको यस ठाउँ अत्यन्तै रमणीय, यहाँका स्थानिय सक्रिय, अनुशासित, मिजासिला, सहयोगी भावना रहेको बताउदै पुनः आउने अवसर जुटेमा आउने प्रतिबद्धता सहित आफुले पनि पर्यटक भित्राउनको लागि सक्दो सहयोग गर्ने बताए ।

कालीगण्डकी गाउँपालिकाको उपाध्यक्ष तारा थापा, प्रशासकीय अधिकृत बाबुराम पल्लिको समेत उपस्थिति रहेको समापन कार्यक्रममा स्थानीय लोपोन्मुख स्यामुना गित र नृत्य साथै होमस्टे सास्कृतिक परिवारद्वारा गुरुङ समुदायका प्रचलित सोरठी, मारुनी, कौडा, सालैजो, नृत्यहरु प्रस्तुत गरिएको थियो ।

घरवास तालिममा उपस्तिथि स्थानीयलाई कालीगण्डकी गापा र नेपाल पर्यटन बोर्डको संयोजनमा प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकलाई कालीगण्डकी गाउँपालिकाबाट प्रसशापत्र दिइएको थियो । अब को आ. व मा करिब २ हजार पर्यटक भित्राउने लक्ष्य रहेको  आयोजकले बताएको छ ।

कालीगण्डकी गाउपालिका वडा नम्बर ७ का वडा सदस्य गम बहादुर गुरुङको अध्यक्षता , होमस्टे संचालक सचीव आशिष गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा कालीगण्डकी गापा वडा नम्बर ७ का वडा अध्यक्ष लोक प्रताप शाह,वडा सदस्य मिना गौतम,भुपु गाविस अध्यक्ष तथा नेका जिल्ला सदस्य गोपाल श्रेष्ठ, प्रशिक्षक रामहरि श्रेष्ठ समेतले मन्तव्य व्यक्त गरेको कार्यक्रम होमस्टे संचालक अध्यक्ष राजेन्द्र गुरुङको सन्चालनमा सम्पन्न भएको थियो ।

« बरेङमा गर्भवती तथा २ वर्ष मुनिका बालबालिकाहरुलाइ चल्ला वितरण «

» बरेङ गाउँपालिकाका हजार दिनका ४५७ आमाहरुलाई २२८५ चल्ला वितरण »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal