दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गाउँपालिकाका हजार दिनका ४५७ आमाहरुलाई २२८५ चल्ला वितरण

केशवराज क्षेत्री, बरेङ । २०७६ असार २४ । बागलुङको बरेङ गाउँपालिका भित्रका गर्भवती तथा २ वर्ष मुनिका बालबालिकाका आमाहरुको लागि  तरकारीको बीउ, गिरीराज चल्ला र दाना वितरण भएको छ ।

गाउँपालिका भित्राका ४५७ आमाहरुलाई २२८५ चल्ला र ९१४ केजि दाना र तरकारी बीउ वितरण गरिएको हो ।

बरेङ गाउँपालिकाको आर्थिक सहयोग महिला लक्षित कार्यक्रमको आयोजना र सुआहारा कार्यक्रमको पहल तथा प्राविधिक सहयोगमा आइतबार बरेङ गाउँपालिकाको वडा नम्बर १ धुल्लुबास्कोटका १२०, वडा नम्बर ३ बाटाकाचौरका १०९, वडा नम्बर ४ सल्यान का ४९, वडा नम्बर ५ सुखौराका ४४  र सोमबार वडा नम्बर २ हुग्दिशिरका १३५ आमाहरूलाई एक÷एक प्याक तरकारी बीउ, ५÷५ वटाका दरले गिरिराज चल्ला, दाना २÷२ केजीका दरले वितरण गरिएको आयोजकले जानकारी दिएको छ । 

हजार दिनका आमाहरु अथवा गर्भावस्था देखि बच्चा २ वर्ष नहुन्जेलसम्मका  महिलाहरुलाई  लक्षित गरेर चल्ला वितरण गरिएको, महिला गर्भवती रहेको अवस्थामा मासुजन्य पदार्थ खानुपर्ने र दुई वर्ष मुनिका बालबालिकाको मस्तिष्क वृद्धि विकासका लागि प्रोटिनको आवश्यकता पर्ने हुनाले  अत्यधिक प्रोटिन पाइने पोसिलो खानेकुरा लक्षित गरेर चल्ला बाडिएको, चल्ला हुर्काएर अन्डा उत्पादन गराउने र अन्डाबाट नै बढी पोषणा तत्व पाइने हुनाले महिलाहरुलाई  बानिको विकासका लागि र स्वास्थ्य प्रती सचेत गराउनको  लागि यस्तो गरिएको सुआहारा फिल्ड  प्रमुख हरिमाया थापाले बताइन् ।  

पोषण प्रवद्धनका लागि अन्न, गेडागुडी, हरियो सागपात, पशुपन्क्षीजन्य खानाको आवश्यकता  पर्ने, बालबालिका २ वर्ष हुनेबेलामा उनीहरुकोे ८० प्रतिशत मस्तिष्क वृद्धि विकास हुने हुँदा स्वास्थ्यप्रदक खानेकुरा र हरियो सागपात, मासु, अन्डा खानुपर्ने बरेङ गाँउपालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले बताए । 

महिलाले गर्भावस्थादेखि नै बच्चाको र आफ्नो स्वाथ्यको ख्याल गर्नु भनेकै स्वस्थकर खानेकुरा खानतिर ध्यान दिनु हो । गर्भावस्थामा हुँदा महिलाले ४,६,९ महिनामा गर्भ जाँच गर्ने, आइरन चक्की खानु पर्ने कुरामा जोडबल गर्ने र महिलाहरुमा चेतनाको विकास होस् भन्ने हेतुले यस्ता खालका कार्यक्रमको आवश्यकता रहने गर्दछ त्यसैले आगामी दिनमा पनि चेतनामूलक साथै महिला, बालबालिकाका लागि लाभदायक कार्यक्रमको आयोजना गरिने बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनले बताइन् ।

बरेङ गाउँपालिकाका ५ वडाहरुका विभिन्न ठाउँका वितरण कार्यक्रममा बरेङ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, स्वास्थयकर्मीहरु, वडा अध्यक्ष तथा वडा सदस्यहरु, सुआहारा फिल्ड प्रमुख, कृषिशाखा कार्यालयका प्राविधिकहरुको उपस्थिति रहेको थियो । 

« धुवाँखोलामा घरवास तालिम सम्पन्न, स्थानीयका आवश्यकता र मागलाइ पूरा गर्ने थापाको प्रतिबद्धता «

» रोजगार कार्यक्रम अन्र्तगत बरेङ गाउँपालिकामा १७९ बेरोजगारी लाभान्वित »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal