दर्ता. न‌: २४५/०६५/०६६

गुल्मी छापचौरमा घर भत्किदा १ को मृत्यु ५ घाइते, घाइतेहरुको मिसन अस्पताल पाल्पामा उपचार हुँदै ।

केशबराज क्षेत्री ,छापचौर गुल्मी ।  २०७६ साउन १२ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ छापचौरमामा शनिबार राति घर भत्किदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । 

२०७२ बैशाख १२ को बिनासकारी भुकम्पबाट  जिर्ण घर भत्किदा वर्ष १३ का चुन्न परियारको मृत्यु भएको छ भने एकै परिवारका वर्ष २८ की खिमा परियार, वर्ष ३३ का प्रदिप परियार, वर्ष १२ का साजन परियार वर्ष १ की सोनि परियार र वर्ष ३४ का भेषकुमार परियार घाइते भएका छन् ।

स्थानीय र भुर्तुङ प्रहरी कार्यालयका प्रहरीहरुको सहयोगमा घाइतेहरुको राति नै उद्दार गरिएको थियो । टिनको छाना भएको तिनतले घर सुतेको बेला राति पौने ११ बजे भत्किएको हो । एक्कासी घर भत्किदा एउटा गोरु पनि मरेको स्थानीय अनिश ढकालले बताए ।

घाइतेहरुको अवस्था सामान्य रहेको र घाइतेहरुलाई राति नै भुर्तुङ स्वास्थ्य चौकीबाट पाल्पाको मिसन हस्पिटलमा रिफर गरिएको भुर्तुङ प्रहरी चौकीले जानकारी दिएको छ ।

« रोजगार कार्यक्रम अन्र्तगत बरेङ गाउँपालिकामा १७९ बेरोजगारी लाभान्वित «

» कक्षा १२ को नतिजा सार्वजनिक हुँदै । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal