दर्ता. न‌: २४५/०६५/०६६

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै ।

काठमाडौँ । २०७६ साउन १३ । माध्यमिक शिक्षा उत्तिर्ण परीक्षा, कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुँदै छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ । बोर्डका अनुसार यसअघि प्राविधिकसहितको उपस्थितिमा बोर्डले नतिजाको सुद्धता परीक्षण गरेको थियो ।

उक्त परीक्षणमा गल्ती नभेटिएको भन्दै आज साँझसम्म नतिजा प्रकाशित गर्ने बोर्डको तयारी छ । बोर्डले तयारी गरेको प्रकृयामा कुनै ठूलै समस्या नआएमा बेलुका सम्म नतिजा सार्वजनिक हुन सक्ने बताइएको छ ।

बोर्डका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो । 

« गुल्मी छापचौरमा घर भत्किदा १ को मृत्यु ५ घाइते, घाइतेहरुको मिसन अस्पताल पाल्पामा उपचार हुँदै । «

» प्रदेश सांसद थापाद्धारा सिग्दी सामुदायिक होमस्टेको अनुगमन »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal