दर्ता. न‌: २४५/०६५/०६६

प्रदेश सांसद थापाद्धारा सिग्दी सामुदायिक होमस्टेको अनुगमन

 बरेङ । २०७६ साउन १४ । गण्डकी प्रदेश सांसद कृष्ण थापाले सिग्दी सामुदायिक होमस्टे को अनुमगन गरेका छन् । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर सिग्दीमा सञ्चालनमा ल्याइएको सिग्दी सामुदायिक होमस्टेको मंगलबार सांसद थापा सहतिको टोलिले अनुगमन गरेको हो ।

ग्रामिण क्षेत्रको विकास, प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षहरुको संरक्षण र प्रवद्धन गर्दै सामाजिक तथा आर्थिक स्तर उन्नती गर्न होमस्टेले महत्वपूर्ण भूमिका खेल्ने थापाले बताए  । उनले  ग्रामिण क्षेत्रका होमस्टे शहरी कोलाहल र धुलो धुवाँबाट धेरै टाढा रहने, पारिवारिक वातावरणमा अर्गानिक खानाका परिकार खान पाइने हुनाले ग्रामिण क्षेत्रका होमस्टे आनन्ददायी हुने बताए ।  

बागलुङको दक्षिणी र गुल्मी जिल्लाको उत्तरी भेगको संगम स्थल बरेङ बजार बाट नजिकै रहेको सिग्दी गाउँ पर्यटन प्रवद्धनका लागि र प्राकृतिक सौन्दर्यका दृष्टिले अत्यन्तै मनमोहक ठाउँका रुपमा लिने गरिन्छ । 

बरेङ गाउँपालिका र गण्डकी प्रदेशको आर्थिक सहयोग सिग्दी गाउँको सञ्चालनमा आएको सिग्दी सामुदायिक होमस्टे बरेङ गाउँपालिकाको आर्थिक विकासको लागि र पर्यटक भित्राउनको लागि महत्वपूर्ण स्थल रहेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । 

कौडे पदमार्ग हुँदै कौडेको धुरी, राजाको दरबार, धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायत दर्जनौँ हिमश्रृङखलाहरुको मनमोहक दृश्य सँगै सुर्योदय, सुर्यास्त अवलोकन, तामाखानी, रमणीय प्राकृृतिक वातावरणसँगै लालीगुराँस र सेतोगुराँस, स्थानीय लोक संस्कृति, सालैजो, सोरठी मारुनी, नृत्य प्रदर्शनी र स्थानीय अर्गानिक खानका परिकारहरुसँगै न्यानो आतिथ्यता सिग्दी सामुदायिक होमस्टेको विशेषताहरु रहेको होमस्टे सञ्चालन समितिका अध्यक्ष हिरा पुनले बताए ।

« कक्षा १२ को नतिजा सार्वजनिक हुँदै । «

» रेडियो बिहानीले सुरुवात गर्यो “अनलाइन तिज गीत कम्पिटिसन २०७६” »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal