रेडियो बिहानीले सुरुवात गर्यो “अनलाइन तिज गीत कम्पिटिसन २०७६”
केशबराज क्षेत्री, बरेङ । २०७६ साउन १५ । सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्जको आयोजनामा तिज विशेष कार्यक्रम “अनलाइन तिज गीत कम्पिटिशन २०७६” बुधबारबाट सुरुवात भएको छ ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ बरेङ बजारमा अवस्थित सामुदायिक रेडियोले गाउँठाउँमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्ने गरी यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
विगत ४ वर्ष अघिबाट तिजको अवसर पारेर करिब एक महिनाको अवधिभर सञ्चालन गर्दै आएको अनलाइन तिज कम्पिटिशन यस वर्ष पनि सुरुवात भएको रेडियो संयोजक लेखान्त पुनले बताए । उनले प्रतियोगीलाई नडराइकिन प्रतियोगितामा सहभाागि हुनका लागि समेत अनुरोध गरेका छन् ।
यसअघिका वर्षहरुमा बिजेता भएका प्रतियोगीहरु विभिन्न गीत एल्वम् निकाल्न तथा विभिन्न लोक गीतमा स्वर दिनको लागि समेत लाभ प्राप्त गरेको रेडियो कोर्डिनेटर प्रकाश छन्तेलले बताए ।
अनलाइन तिज गीत प्रतियोगिता छनोट चरणका नियमहरु ः–
१. गित तिज संग सम्बन्धित हुनुपर्नेछ ।
२. गित दिदीबहिनीहरुको कथा व्याथा समेटिएको सामाजिक विषयबस्तुमा आधारित हुनुपर्नेछ
३. गित अन्य गितको लयमा गाउन पाइनेछ तर शब्द भने आफैले लेखेको हुनुपर्नेछ । यदी शब्द कुनै एल्बममा समावेश भएको पाइएमा उक्त गित लाई मान्यता दिइने छैन ।
४.पहिलो चरणमा एक जना प्रतियोगी बराबर ३ ओटा टुक्का अनिवार्य गाउनु पर्नेछ ।
५. प्रतिष्पर्धी बाट उत्कृष्ट प्रतियोगि छनोटको लागि स्वर, शब्द ,लय र अनुशासनको मुल्याङकन गरिनेछ ।
६.छनोट चरणको कार्यक्रम संचालन यहि साउन १५ गते बाट ३० गते सम्म संचालन गरिनेछ ।
७. छनोट चरणबाट प्रतिष्पर्धी मध्ये प्रत्येक दिन उत्कृष्ट २ जना लाई दास्रो चरणमा सहभागि गराइनेछ ।
८. अन्य नियम दोस्रो चरण शुरु हुन पुर्व जनकारी गराइनेछ ।
९. दोस्रो चरण साउन ३२ बाट हुनेछ । दोस्रो चरणमा पहिलो चरणमा बिजेता भएकाहरु बिच प्रतिष्पर्धा हुनेछ ।
१०. प्रतियोगीको जर्जको लागि राष्ट्रिय स्तरका कलाकारहरु रहका छन् ।
११. अन्तिम चरणसम्म पुगेर बिजेता र उपबिजेता हुने सहभागिलाई नगद पुरस्कार साथै प्रमाणपत्रद्धारा सम्मान गरिनेछ ।
कार्यक्रममा दिउँसो ४ः१० बजेबाट ५ बजेसम्म ९८०६१७८९०० नम्बरमा फोन गरी आफ्नो प्रतिभा प्रष्फुटन गर्नुपर्नेछ भने थप जानकारीको लागि ९८५७६२४५५१ वा रेडियो विहानीको कार्यालयमा सम्र्पक गर्नको लागि रेडियोले अनुरोध गरेको छ ।
« प्रदेश सांसद थापाद्धारा सिग्दी सामुदायिक होमस्टेको अनुगमन «







