दर्ता. न‌: २४५/०६५/०६६

वनको अवसर र चुनौती विषयक अन्तरक्रियामा तेहरो कर लगाउने सरकारको नीतिको विरोध

प्रकाश छन्त्याल, बरेङ । २०७६ साउन २६ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको १४ औँ वन उपभोक्ता दिवसको अवसरमा बरेङ गाउँपालिकामा वनको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय वन उपभोक्ता महासंघ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम शनिबार बरेङ गाउँपालिकाको कार्यालय हुग्दिशिर सुदालामा सम्पन्न भएको हो  ।

सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य तथा काठेखोला गाउँपालिका वडा न ४ का वडा अध्यक्ष प्रेम लामिछानेले गमलामा लगाएको बिरुवामा पानी राखेर कार्यक्रमको उद्घाटन गरेका थिए ।  

कार्यक्रममा स्थानीय सामुदायिक वन उपभोक्ता महासंघ बरेङ गाउँपालिकाका अध्यक्ष  टोम नाथ शर्माले सरकारले लगाएको अत्याधिक कर हटाइनु पर्ने उल्लेख गर्दै विज्ञप्ति पढेर सुनाएका थिए साथै उनले  स्थानीय सरकारलाई  विज्ञप्ती दिने समेत बताएका थिए ।

 विज्ञप्तीमा सामुदायिक वन उपभोक्ता समूहहरुले आफ्नो सम्पुर्ण आम्दानीको २५ प्रतिशत वन विकास ,३५ प्रतिशत गरिब बिपन्न बर्गको जिबिकोपार्जन र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्दै आईरहेको अवस्थामा तेहरो कर लगाउने सरकारको नीतिको विरोध गर्दै सामुदायिक वनमा हालसम्म लगाइदै आएको वन पैदावर शुल्क  र नयाँ प्रस्ताव गरिएको सबै वन पैदावर शुल्क हटाइनु पर्ने ,समूहले ब्यापारीक प्रयोजनका लागी समुह बाहिर बिक्रि  गरेको काठ र दाउराबाट  प्राप्त गरेको  रकमको  १५ प्रतिशत रकम वन पैदावर शुल्कको रूपमा संघीय विभागीय कोषमा जम्मा हुने व्यवस्था गरि रकम संघ ,प्रदेश र स्थानीय तह ले अन्तर  सरकारी बित्तिय व्यवस्थापन ऐन २०७४ बमोजिम आपसमा बाँडफाँडको व्यवस्थापन गर्ने जस्ता हक अधिकारको जोरदार माग रहेको थियो ।

कार्यक्रममा सिग्दी घरवासका दानबहादुर पुन,समाजसेबि तुलसी राम पौडेल ,यम बहादुर खत्री , वडा न ३ का वडा सदस्य पृथ बहादुर पुन, बाटाकाचौर सामुदायिक बन उपभोक्ता समितिका सहसचिव सुर्य सुवेदी, शिक्षक इन्द्र बहादुर वर्मा, गोइम सामुदायिक बनका सचीव लिल बहादुर थापा, खोलाखर्क सामुदायिक बन उपभोक्ताका सचिव सन्त बहदुर शिरीष , बरेङ इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक दान बहादुर खत्री , धनपति शर्मा , शिक्षक धनिस्वर पौडेल , शिक्षक मदन कार्की, सर्बोदय माबिका प्रधानाध्यापक  ठगराज शर्मा, वडा न ५ का वडा अध्यक्ष अमर बहादुर शेरपुर्जा, वडा न ३ का वडा अध्यक्ष पुर्ण खनाल ,महिला जनप्रतिनिधि दुर्गा थापा, भृकुटी माबिका प्रधानाध्यापक रुप नारायण शर्मा ,पुरुषोदय माबिका प्रधानाध्यापक मन बहादुर श्रीस लगायतले वनको अवसर र चुनौती अन्तरक्रिया कार्यक्रममा सह भागिता जनाएका थिए भने कार्यक्रममा उठेका प्रश्नहरुको बारेमा प्रमुख अतिथि सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रिय सदस्य प्रेम लामिछाने र सामुदायिक बन उपभोक्ता महासङ जिल्ला बाग्लुङका सचिव मुना थापा मगरले प्रस्टाएका थिए । करिब ७० जनाको सहभागिता रहेको कार्यक्रम सामुदायिक  बन उपभोक्ता महासंघ नेपाल बरेङ गाउँपालिका स्थानीय महासंघ अध्यक्ष टोम नाथ शर्माको अध्यक्षता, शिक्षक गम बहादुर थापाको स्वागत  र  प्रेम प्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

« मोटर बाटोको कारण जनता प्रा. बि. किटेनी धरापमा, न बाटो रहयोे, न रहने भयो विद्यालय । «

» पर्यटकको गन्तव्य सिग्दी सामुदायिक होमस्टे »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal