दर्ता. न‌: २४५/०६५/०६६

प्रगतिशिल पत्रकार संघ उपशाखा वरेङद्वारा पत्रकार राना बचाउ अभियान शुरु

प्रेम पुन बरेङ । १५ आषाढ २०७५ । पत्रकार महासंघ बागलुङ शाखाका कोषध्यक्ष विजय राना बचाउ अभियान अन्तर्गत शुक्रबार प्रगतिशिल पत्रकार संघ उपशाखा वरेङले  आर्थीक संकलन अभियान सुरु गरेको छ ।

प्लास्टिक एनिमिया (शरिरले रगत उत्पादन गर्न नसक्ने) रोगबाट ग्रसित रानाको उपचारका लागी परिवारको आर्थिक अवस्थाले  सम्भव नभएकाले पत्रकार महासंघ बागलुङले देशैभर शुरु गरेको एक पत्रकार १ सय अभियान लाई हातेमालो गर्दैै जीवन रक्षाका लागी सो अभियान बरेङमा पनि चलाइएको प्रगतिशिल पत्रकार संघ उपशाखा वरेङका अध्यक्ष जीवन पौडेलले बताउनुभयो । 

अभियानको पहिलो दिनमै करीब ३५ हजार संकलन भएको छ । सो संकलित रकम राना बचाउ अभियानको खातामा संकलन गरीने पौडेलले बताउनुभएको छ ।

विगत १ महिना देखी उपचारत रानाको उपचारका लागी १२ देखी १४ लाख खर्च हुने अस्पतालले जानकारी दिए अनुसार पत्रकार महासंघ बागलुङले सो अभियान चलाएको हो । पत्रकार राना बागलुङमा सकृय पत्रकारीतामा अग्रसर हुुनुहुन्छ । हाल उहाँ पत्रकार महासंघ बागलुङ शाखाका कोषाध्यक्ष, प्रगतिशिल पत्रकार संघ बागलुङ शाखाका सचिव,परिसुचन साप्ताहिकका कार्यकारी सम्पादक लागएतमा कार्यरत हुनुहुन्छ । उहाँको उपचारको लागी तपाईको पनि सहयोगको लागी अपील गरीन्छ ।

« सर्बोदय माबिका शिक्षक तथा एसईई परिक्षा उत्तिर्ण बिद्यार्थीहरुलाई सम्मान । «

» गत सोमबार पहिरोमा परी ज्यान गुमाएका क्षेत्री परिवारलाई राहत लिएर राजमो बागलुङका अध्यक्ष थापा धुल्लुबास्कोटमा । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal