बरेङमा लोप हुदै पम्परपरागत संगित सस्कृती, जर्गेना गर्न ६३ बर्षे पुनको आग्रह
हिरा पुन,बरेङ । २०७६ साउन २९ । कुनै बेला निकै चर्चित र लोकप्रिय संगित संस्कृति एक समय हरेक साँझ गाँऊ गाँऊमा युवाहरुले गुंजायमान बनाउथे । बरेङ क्षेत्रमा हुने हरेक मेला पर्व र उत्सवहरुमा घन्किने संगित अहिले लोप भईसकेको र आफुहरुको पालामा गाउने बजाउने र रमाउने गित संगित हराउदै जाँदा आफुलाई नरमाइलो लागेको बरेङ गाँउपालिका २ सिग्दी बस्ने ६३ बर्षे भुतपूर्व एक भारतिय सेनाका गंग बहादुर पुनले बताए ।
पहिले उहाँको पालामा सवै जसो गाँउहरुमा युवाहरु जम्मा भई मुराली, हरियो पात, डम्फु र मादल निकै जोरले बाजाइन्थ्यो र यसरी मुराली, हरियो पात, डम्फु, मादलको सुर ताल र भाका मिलाएर बजेको सुन्दा निकै सुमधुर र आन्नददयी सुनिन्थ्यो युवाहरुले बजाउथे गाँउलेहरुले सुनेर आनन्द लिने पुनले बताए ।
पुनले भन्छन जमानामा कुन गाँउको राम्रो र चर्को बज्ने भन्ने प्रतिस्प्रधानै हुने भएकाले युवाहरुले जोसले माडल डम्फु बजाउने, सुुस्केरा बजाउने र होहल्ला समेत गर्ने गर्दथे ।
गाँउघरमा हुने हरेक मेला पर्व, छैटी, भात खुवाई, विवाह चौरासी पुजा, अन्य पुजा र लाहुरबाट लाहुरेहरु घर आउदा यानीमाया, सुनीमाया, सालैजो गित संगित गाउने प्रचलन थियो ।
खास गरि बरेङ बजारमा लाग्ने तिजको मेलामा यस्तो खालको गाउने बजाउने प्रतिस्प्रधा नै हुने गर्दथ्यो । बरेङ आसपासका सबै जासोे गाँउहरुबाट युवायुवतीहरु गाउदै बजाउदै बरेङको तिज मेलामा आउने गर्दथे यसरी आउदा करिव दुई दर्जन बढी समुहको बरेङमा जमघट हुने र बरेङको डाँडामा हजारौ मानिसको विचमा सयौ मादल डम्फु र मुरलीलेको आवजले संगितमय हुने गरेको पुन बताउछन ।
सबै तिरबाट गाउदै बजाउदै र नाच्दै ओहोर दोहोर गर्ने गर्दा कहिले काँही समुह समुहको विचमा प्रतिस्प्रधा भई निकै एकआपसमा ठुला झैझगडा समेत हुने गरेको उनले बताए ।
तर आज यिनै मेला पर्व, महोत्सव र शुभकार्यहरुमा राष्ट्रिकलाकारहरुको सहभागितमा ठुला ठुला साउण्ड बक्सहरुको प्रयोग गरी रमाइलो गर्ने प्रचलनको विकासले गर्दा परम्परागत रुपमा गाउने बजाउने संस्कार संस्कृतिको लोप भई सकेकोले अहिलेको पिंढीले पुराना संस्कृतीको जर्गेना गर्नु पर्ने पुनको सुझाव छ ।
« पर्यटकको गन्तव्य सिग्दी सामुदायिक होमस्टे «
» रेडियो बिहानीको कार्यक्रम अनलाइन तिज कम्पिटिशन जारी, ३२ प्रतियोगी दोस्रो चरणमा भिड्दै »







