रेडियो बिहानीको कार्यक्रम अनलाइन तिज कम्पिटिशन जारी, ३२ प्रतियोगी दोस्रो चरणमा भिड्दै
प्रकाश छन्त्याल बरेङ । २०७६ साउन ३० । सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्जको आयोजनामा तिज विशेष कार्यक्रम अनलाइन तिज गीत कम्पिटिशन २०७६ जारी रहेको छ ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ बरेङ बजारमा अवस्थित सामुदायिक रेडियोले गाउँठाउँमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्ने गरी यस्तो कार्यक्रमको आयोजना गर्ने गरेको हो ।
विगत ४ वर्ष अघिबाट तिजको अवसर पारेर करिब एक महिनाको अवधिभर सञ्चालन गर्दै आएको अनलाइन तिज कम्पिटिशन यस वर्ष पनि सुरुवात भएको रेडियो संयोजक लेखान्त पुनले बताए । उनले प्रतियोगीलाई आफ्नो अनुशासनमा रहि निडरताको साथ प्रतियोगितामा सहभाागि हुनका लागि समेत अनुरोध गरेका थिए ।
यसअघिका वर्षहरुमा बिजेता भएका प्रतियोगीहरु विभिन्न गीत एल्वम् निकाल्न तथा गीतमा स्वर दिनको लागि लाभ प्राप्त गरेको रेडियो कोर्डिनेटर प्रकाश छन्त्यालले बताए । प्रतियोगिताको १५ औं दिन सम्म ७९ जना सहभागी मध्ये प्रवेश छनौट चरणमा ३० जना प्रतियोगी छनौट भैसकेका छन । भोली बिहिबार छनौट चरणको अन्तिम दिन २ जना छनौट गरि ३२ जना प्रतियोगीहरुको बिच दोस्रो चरणको प्रतिस्पर्धा साउन ३२ गते शनिबारको दिउँसो ४ः१० बजेबाट ५ बजेसम्म संचालन हुने पनि रेडियो कोर्डिनेटर छन्त्यालले बताए ।
कार्यक्रम ९८०६१७८९०० नम्बरमा फोन गरी आफ्नो प्रतिभा प्रष्फुटन गर्नुपर्नेछ भने थप जानकारीको लागि ९८५७६२४५५१ वा रेडियो विहानीको कार्यालयमा सम्र्पक गर्नको लागि रेडियोले अनुरोध गरेको छ । प्रतियोगीको मुल्याङकन राष्टिय स्तरका कलाकारहरुले गर्नु हुनेछ भने अन्तिम चरणसम्म पुगेर बिजेता र उपबिजेता हुने सहभागिलाई नगद पुरस्कार साथै प्रमाणपत्रद्धारा सम्मान गरिनेछ ।
« बरेङमा लोप हुदै पम्परपरागत संगित सस्कृती, जर्गेना गर्न ६३ बर्षे पुनको आग्रह «
» रेडियो बिहानीको अनलाइन तिज कम्पिटिशन दोस्रो चरणमा भिड्ने प्रतियोगी (सूचिसहित) कस्को पालो कहिले ? »







