दर्ता. न‌: २४५/०६५/०६६

रेडियो बिहानीको अनलाइन तिज कम्पिटिशन दोस्रो चरणमा भिड्ने प्रतियोगी (सूचिसहित) कस्को पालो कहिले ?

केशबराज क्षेत्री बरेङ । २०७६ साउन ३१। रेडियो बिहानीले विगत ४ वर्षबाट तिजको अवसर पारेर करिब एक महिनाको अवधिभर सञ्चालन गर्दै आएको अनलाइन तिज कम्पिटिशन यस वर्ष पनि जारी रहेको छ ।

गाउँठाउँमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्ने गरी तिज विशेष कार्यक्रम सञ्चालन गरिएको बताइएको छ । अन्य कलाकारको लयमा प्रतियोगी आफैले लेखेका नारीका कथा व्यथा, सामाजिक समसामयिक विषयवस्तु, विकृति विसङगति विरुद्ध गित मार्फत प्रतिभा प्रस्फुटन गरिरहेको रेडियोले बताएको छ । 

बागलुङको बरेङ गाउँपालिका १ बरेङ बजारमा अवस्थित सामुदायिक रेडियो बिहानी ८९ मेघाहर्जको अनलाइन तिज कम्पिटिशनको १६ दिनसम्म चलेको छनोट चरणको कार्यक्रममा बागलुङ, गुल्मी, पाल्पा, स्याङ्जा, पर्वत, प्युठान, अर्घाखाची, तनहुँ र कास्की जिल्लाका विभिन्न ठाउँबाट करिब ८० जना प्रतियोगी सहभागी भएका थिए, जसमध्ये ३२ जना दोस्रो चरणमा प्रवेश गरेको कार्यक्रम प्रस्तोता प्रेम पुनले बताए ।

दोस्रो चरणमा प्रवेश गरेका प्रतियोगीहरु बीचको प्रतिष्पर्धा शनिबारबाट ८ दिनसम्म चल्नेछ । दिनको ४ जनाको दरले प्रतिष्पर्धा हुने साथै एकजनाले ४ टुक्का गाउनुपर्ने कोर्डिनेटर प्रकाश छन्त्यालले बताए । अन्तिम चरणसम्म पुगेर बिजेता र उपबिजेता हुने सहभागिलाई  नगद पुरस्कार साथै प्रमाणपत्रद्धारा सम्मान गरिने रेडियोले जानकारी गराएको छ ।  ।

दोस्रो चरणमा प्रवेश गरेका प्रतिष्पर्धीहरुको समय तालिका – २०७६ 

साउन ३२ गते – १. सरिता सुनार २. मिना सुवेदी ३.चमेली शर्मा ४.पवित्रा किसान

भाद्र १ गते – १. अर्जुन कार्की  २. जिया मगर  ३.आषिका मगर   ४.डिना पाण्डे

भाद्र २ गते – १ं कुमारी विसी  २. दुर्गेश थापा   ३. अमिसा मगर  ४. रितु के.सी

भाद्र ३ गते – १. विष्णु बोहोरा  २. आकृति राना  ३. चादनी शर्मा  ४.रेजिना काउचा

भाद्र ४ गते – १.पूर्णिमा वि.सी   २. विरु बोहोरा   ३. पुनम मगर     ४. योस्ना अधिकारी

भाद्र ५ गते – १. सुनिता परियार  २.रिया मगर्नी   ३. सोनिया थापा  ४. सिता थापा

भाद्र ६ गते – १.नरबहादुर राना  २.रिया परियार  ३. अन्जु थापा    ४.निरु वि.सी

भाद्र ७ गते – १.सुमित्रा नेपाली  २. सिन्धु वि.सी  ३. प्रेम मगर  ४.भुमिका बोहोरा

« रेडियो बिहानीको कार्यक्रम अनलाइन तिज कम्पिटिशन जारी, ३२ प्रतियोगी दोस्रो चरणमा भिड्दै «

» जैमिनी ब्यारथला मैदानको एनसिएल टावरमा आगलागी ! »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal