दर्ता. न‌: २४५/०६५/०६६

जैमिनी ब्यारथला मैदानको एनसिएल टावरमा आगलागी !

केशबराज क्षेत्री, बागलुङ । २०७६ साउन ३१ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदी व्यारथला मैदानस्थित एन सि एल टावरमा आगलागी भएको छ । 

अज्ञात समूहद्धारा तेल छर्केर बिहीबार राति आगलागी भएको अनुसन्धानमा खुलेको बताइएको छ  । एनसिएल टावरको व्याट्रीका तारहरु जलेर नष्ट भएका छन् । आगो राति आफैँ नियन्त्रणमा आएकोले बढी क्षति हुनबाट भने जोगिएको इलाका प्रहरी कार्यालय बरेङ डाडाका प्रहरी नायब निरीक्षक दानबहादुर केसीले बताए । 

कसले किन लगाएको भन्ने जानकारी नभएको स्थानीयले बताएका छन् । घटनाको मुचुल्का उठाइएको र यस बारेमा अनुसन्धान हुने प्रहरीले बताएको छ । 

« रेडियो बिहानीको अनलाइन तिज कम्पिटिशन दोस्रो चरणमा भिड्ने प्रतियोगी (सूचिसहित) कस्को पालो कहिले ? «

» सुआहाराको एक हप्ते पोषण सम्बन्धी तालिम सल्यानमा । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal