सुआहाराको एक हप्ते पोषण सम्बन्धी तालिम सल्यानमा ।
केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र २ । सुनौला हजार दिनका महिला, आमा र बच्चाको पोषण अवस्थामा सुधार गर्ने उद्देश्यले सल्यानमा एक हप्ते पोषण सम्बन्धी तालिम आइतबारबाट सुरुवात भएको छ ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ४ सल्यानको थप्लुङका करिब ३० जना महिलाहरुलाई पोषणमा सुधार ल्याउन र पोषणयुक्त खानाको प्रदर्शन गरी प्रयोग गर्न सिकाइएको थियो ।
स्थानीय स्तरमा उपलब्ध विभिन्न पोषणयुक्त खाने कुराहरुको उपयोग गर्ने ÷गराउने उद्देश्यका साथ पोसिलो जाउलो, लिटो, फर्सीको खिर जस्ता खानेकुरा बनाउन सिकाइने, सरसफाई र स्वास्थ्यपरक खानामा जोडबल गर्नका लागि यस्तो तालिमको आयोजना गरिएको सुआहारा संस्थाकी फिल्ड सुपरभाइजर हरिमाया थापाले बताइन् ।
सुआहाराको आर्थिक सहयोग स्वास्थ्य आमा समूहहरुको सहभागितामा स्थानीय स्तरमा उपलब्ध उत्पादित अर्गानिक अन्न, फलफुल, तरकारी खानुपर्छ भन्नेमा सुझाव, सल्लाह दिन र विशेष गरेर खाना चिन्न नसक्ने बच्चाहरुलाई कसरी जाउलो, लिटोको माध्यमबाट स्वास्थ्यपरक खाना खुवाउने भन्ने बारेमा गर्भवती महिला साथै बच्चाका आमाहरुलाई पोषणयुक्त खानको प्रदर्शन गरी सिकाउनका लागि सुआहाराले पोषण सम्बन्धित तालिमको आयोजना गरेको थापाले बताएकी छन् ।
अन्य दिन पनि बरेङ गाउँपालिकाको वडा नम्बर ४ सल्यानकै फरक फरक गाउँहरुमा पोषण सम्बन्धि तालिम हुने आयोजकले बताएको छ ।
« जैमिनी ब्यारथला मैदानको एनसिएल टावरमा आगलागी ! «
» अनगिन्ती सौन्दर्यात्मक दृश्य देखिने सिग्दी होमस्टेको शिर कौडे धुरी । »







