दर्ता. न‌: २४५/०६५/०६६

अनगिन्ती सौन्दर्यात्मक दृश्य देखिने सिग्दी होमस्टेको शिर कौडे धुरी ।

केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र ५ । पछिल्लो समय सिग्दी सामुदायिक होमस्टे पर्यटकको रोजाइ संगै पर्यटक भित्रयाउन सफल होमस्टे रहेको पाइन्छ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरमा अवस्थित सिग्दी गाउँमा सञ्चालित “सिग्दी सामुदायिक होमस्टे” बरेङ गाउँपालिकाकै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य बोकेको ठाउँ मानिन्छ । 

सिग्दी सामुदायिक होमस्टेको शिरमा अवस्थित कौडेको धुरी अनगिन्ती सौन्दर्यात्मक दृश्य देख्न पाइने धुरीको रुपमा परिचित छ । जहाँबाट पाल्पा, गुल्मी, स्याङजा, बागलुङ, कास्की, पर्वत र म्याग्दीका विभिन्न प्राकृतिक सौन्दर्यात्मक दृश्य तथा पर्यटकीय ठाउँहरु देख्न सकिन्छ । 

त्यस्तै धवलागिरि, माछापुच्छ«े, अन्नपूर्ण लगायत दर्जनौँ हिमशृङखलाहरुको मनमोहक दृश्य सँगै सुर्योदय र सुर्यास्तको दृश्य अवलोकन गर्न पाइने सिग्दी सामुदायिक होमस्टेमा आएका पाहुनाहरु सेतो, रातो लालीगुराँस पनि देख्ने होमस्टे सञ्चालक समितिले जानकारी दिएको छ ।

आगामी दिनमा कौडे धुरी नजिकै डाँडामा भ्यू टावर राख्ने, होमस्टे नजिकै खाली रहेको ठाउँमा चिया खेती गर्ने, अल्लोको प्रशोधन तथा बजारीकरण गर्ने लक्ष्य रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष हिरा पुनले बताए । पुनले होमस्टेमा आउने पर्यटकहरु विभिन्न ठाउँहरु अवलोकन गर्नका लागि पदमार्ग हुँदै कौडे धुरी पुग्ने र रमाइलो प्राकृतिक वातावरणमा समेत रम्ने बताए ।

« सुआहाराको एक हप्ते पोषण सम्बन्धी तालिम सल्यानमा । «

» चट्याङ लागेर हुग्दिशिर चेप्टेढुङगाका एकै परिवारका ३ घाईते । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal