जैमिनी नगरपालिकाको जैदीमा ३ दिने बाख्रा पालन तालिम ।
प्रकाश छन्त्याल,जैमिनी । ०७ भाद्र २०७६ । जैमिनी नगरपालिकाको वडा न ७ जैदीमा शुक्रबार देखि ३ दिने बाख्रा पालन तालिम शुरु भएको छ ।
जैमिनी नगरपालिका शिक्षा इकाईको आयोजना र सहिद स्मारक सामुदायिक सिकाइ केन्द्र जैदिको सहयोगमा जैमिनी नगर पालिका वडा न ६,७ र ८ का ४७ जना बाख्रा पालक कृषकहरुको उपस्थितिमा प्रमुख अतिथिको आतिथ्यतामा जैमिनी नगर पालिकाका प्रमुख इन्द्र राज पौडेलले तालिमको उत्घाटन गर्नु भएको थियो ।
उतघाटन पछी सम्बोधन गर्दै यो सिकाइले आम बाख्रा पालक कृषकलाई बाख्रा पालन सम्बन्धि ज्ञान आर्जन गरि अरु कृषक हरुलाइ पनि आफुले सिकेका कुराहरू सिकाउन आग्रह गर्नु भयो ।
बिशिस्ट अतिथि को आसन बाट बोल्दै उप प्रमुख लिला रानाले हाम्रो देश कृषिप्रधान देश भए पनि उन्नत तरिकाबाट खेतीपाती ,पशु पालन गरि मनग्ये आम्दानी लिन ज्ञान् नभएकोले पछाडी परेको बताउदै यो तालिम ले कृषकलाई फाइदा पुग्ने बताउनु भयो ।
तालिमको उतघातन कार्यक्रममा नेबि संघका सह माहामन्त्री हरिहर शर्मा ,जिल्ला सचिब नवराज शर्मा ,जैमिनी नगर पालिका शिक्षा प्रमुख खेमराज आचार्य ,ग्लोबल एम इ बैंक कुश्मी सेराका प्रबन्धक हरि प्रसाद शर्मा लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
३ दिन सम्म संचालित तालिम को पशु केन्द्र कुश्मिसेरा का इन्चार्ज कृष्ण प्रसाद ढकाल,सह इन्चार्ज नेत्र प्रसाद शर्मा आचार्यले सहजीकरण गर्नु हुनेछ ।
कार्यक्रम सहिद स्मारक सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष अर्जुन प्रसाद शर्मा को अध्यक्ष ता,सस्थाका सहजकर्ता निर्मला शर्मा को स्वागत र देवराज शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।
« चट्याङ लागेर हुग्दिशिर चेप्टेढुङगाका एकै परिवारका ३ घाईते । «
» जनबादी खेलकुद मञ्च लिउँवाकोे दोस्रो वार्षिक उत्सव कार्यक्रमको उद्घाटन । »







