दर्ता. न‌: २४५/०६५/०६६

जनबादी खेलकुद मञ्च लिउँवाकोे दोस्रो वार्षिक उत्सव कार्यक्रमको उद्घाटन ।

केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र १० । जनबादी खेलकुद मञ्चको दोस्रो वार्षिक उत्सव कार्यक्रमको उद्घाटन भएको छ । 

बागलुङको बरेङ गाउँपालिका वडा नम्बर १ धुल्लुबास्कोट लिउँवामा रहेको जनबादी खेलकुद मन्चको दोश्रो वार्षिक उत्सव कार्यक्रम मङगलबार उद्घाटन भएको छ । 

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले रिबन काटेर, बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले दीप प्रज्ज्वलन गरेर र धुल्लु लिउँवा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक फटिकबहादुर थापाले भलिबल सर्भिस गरेर भएको हो । 

उद्घाटनमा बोल्दै बरेङ गाउँपालिकाका अध्यक्ष शर्माले खेलकुद मानव जिवनका लागि अत्यन्तै आवश्यक मानिने हुँदा अुनशासन पूर्वक खेलकुदका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । शर्माले संस्थालाई सामाजिक विकास सम्बन्धि अन्य सचेतनामुलक र आर्थिक समृद्धि गर्ने खालका क्रियाकलाप समेत सञ्चालन गर्नुेपर्ने सुझाव दिँदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुन, धुल्लु लिउँवा माध्यमिक विद्यालयका प्रध्यानाध्यापक फटिकबहादुर थापाले पनि कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

हरितालिका तीज पर्वको अवसर पारेर भाद्र १६ गते सम्म सन्चालन हुने कार्यक्रम अन्तरगत साविक वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता ,भुपु भलिबल प्रतियोगिता, तिज गित तथा नित्य प्रतियोगिता साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक तथा सिर्जनशिल कार्यक्रम संचालन हुने आयोजकले बताएको छ । 

उद्घाटन कार्यक्रम पुरुष भलिबल प्रतियोगिता अन्र्तगत बरेङ गाउँपालिका वडा नम्बर १ हुग्दिशिर र वडा नम्बर २ धुल्लुबास्कोट बिच प्रतिष्पर्धा भएको र जसमा धुल्लुबास्कोटले बिजयी हासिल गरेको बताइएको छ । 

मुल समारोहको कार्यक्रम भाद्र १६ गतेका दिन जिल्ला समन्वय समीतिका संयोजक राजेन्द्र ढुङ्गाना , बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा र वडा नम्बर १ का वडा अध्यक्ष नरसेह पुनको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ ।

« जैमिनी नगरपालिकाको जैदीमा ३ दिने बाख्रा पालन तालिम । «

» विचार ः संगठन,पार्टी, आन्दोलन,क्रान्ति, परिवर्तन र हाँसोको सम्बन्ध । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal