दर्ता. न‌: २४५/०६५/०६६

विचार ः संगठन,पार्टी, आन्दोलन,क्रान्ति, परिवर्तन र हाँसोको सम्बन्ध ।

शिव चालिसे  । आज एक जना मेरा प्रिय  तर उमेर र जिम्मेवारी  हिसाबले म भन्दा साना कमरेडले सोध्नुभयो कि संगठन , पार्टी , आन्दोलन , क्रान्ति र परिवर्तन कहाँ गयो ? यो प्रश्न सोध्ने काइदा पनि उहाँले  म बाटै सिक्नु भएको हो । 

जब म पार्टीमा जिम्मेवार ठाउँमा हुदा हुदै पनि कुनै अमुख वैचारिक कारणले जिम्मेवार विमुख जस्तै हुन थाले त्यस पछि मैले उपल्लो कमिटीका मेम्वरहरुलाई अक्सर सोध्ने गरेको प्रश्न हो यो । आज साथिले मलाई नै सोधिदियो । म सँग जवाफ भएको भए यो प्रश्न  साहेद मैले अरुलाई सोध्दैनथ्ये होला । उहाँ फिस्स हास्नुभयो मैले पनि सघाए । हामी दुबै हास्यौँ । निराश हासो । हाँसेर मात्रै जवाफ दिन सकिने खालको प्रश्न  चाहिँ यो हाईन । मलाई यो प्रश्नले बारम्बार गम्भीर बनाउछ कापिमा के के केर्छु र च्यातेर फाल्छु । यो बानी नै भैसकेको छ । अपसोच आज मैले जे केरे त्यो च्यातिन ।

करिब ६÷७ महिना देखि यो प्रश्नको उत्तर मैले मेरो साथीलाई जे दिए त्यहि मैलेपनि पाएको छु । हाँसो । कतै निरास हाँसो, कतै कुटिल हाँसो , कतै प्रफुल्लित हाँसो  यस्ता धेरै प्रकारका हाँसो हरु । म पनि यो प्रश्नको उत्तर निराश हाँसो हाँसेर नै दिने गरेको छु । यसको आशय हो म मा अझै केही क्रान्तिका , परिवर्तनका केही थान आसहरु जिवित छन् । वैचारिक रुपबाट स्खलित भै सकेको मान्छे चाहिँ म होईन । म परिवर्तनको दिशा तिर अगाडि बढ्न चहान्छु  । म फुल्न चाहान्छु त्यो फुलबारीमा । म नयाँ भ्रुणहरु सार्न चहान्छु त्यो फुलबारीमा । जुन फुलबारीको माली परिवर्तनको खातिर निरन्तर फुलबारीमा खटिरहोस न कि आफ्नो र आफ्नाको स्वार्थ बिना । उसले फुलमाथि राख्ने नजर चाहे फुल रंगिन होस या सादा, ठुलो होस या सानो , कोपिला होस या फकृएको होस एउटै होस । त्यस्तो फुलबारीमा म लगाएतका महरुलाई फुलाउन चाहान्छु त्यसैले मैले यो प्रश्नको जवाफ निराश हाँसो हाँसेर दिने गरेको छु । यसको अर्थ यो हो कि हामी फुल्न सक्ने फुलबारी कसैले किनिदियो या त कसैले पेवा सम्झेर चलाईदियो । भन्नै सकिँदैन । फुलबारीमा फुल्न सक्ने वातावरण भैदिएन । डर लाग्न थाल्यो मालिले देश भित्रै फुलहरु खपत हुदा हुँदै पनि कतै विदेश तिर बेचिदिने त होईन । कतै प्रतिक्रियावादि राज्य सत्तामा बस्नेहरुलाई उपहार पो दिन्छ कि भन्ने डर लाग्न थाल्यो । मलाई जस्तै डर अरुलाई पनि लागेको हुनु पर्छ त्यसैले कहि कमरेडहरले यो प्रश्नको जवाफ निराश हाँसो हाँसेर दिन्छन । म पनि आजभोलि केही मध्ये नै पर्छु । 

कोहि यो प्रश्नको  जवाफ कुटिल हाँसोमा फर्काउछन । एक जना जिम्मेवार कमरेड जो अहिले संसद पनि छन् । उनलाई मैले यो प्रश्न गर्दा कुटिल हाँसो  हासे र भने पनि चल्दैछ । मैले फेरि सोधे कहाँ  हाम्रै वरिपरि । म त्यसपछि कुनै प्रश्न सोध्ने हिम्मतै गरिन  किनकी उहाँको एउटा प्रशिक्षण लिने मैका मिलेको थियो । अलि पहिला धेरै कुराहरू गर्नुभएको थियो । तर एउटा कुरा झ्यापै सम्झना आयो । हाम्रो राजनीति गरिब, निमुखा, गोठाला....को वरिपरि घुम्नु पर्छ । त्यो दिन उहाँ जवाफले हाम्रो राजनिती पनि सांसदका वरिपरि घुम्न लागेछ भन्ने कुरामा बिश्सथ भए ।  अब के भन्न सकिन्छ हामी कम्युनिस्ट भनेर खोक्नेहरुको राजनीति संसदवाद चुर्लुमै डुब्यो । अब हामी जस्ता कार्यकर्ता के काम भयो । चुनावमा तिनैको भरिया बन्ने तिनैले भनेको मान्य बाहेक । उनिहरुलाई सम्मानित बनाउन ठुलो मान्छे बनाउन सगरमाथा चढाउन हामी भर्याङ बन्ने बाहेक । त्यसैले मैले निधो गरे कि पार्टी संगठन भित्र कुटिल हासो अलि खतरनाक छ । यसले पार्टीलाई दक्षिणपन्थ तिर  दिशानिर्देश गर्दछ । आन्दोलन क्रान्ति र परिवर्तनलाई हामीले चाहेको दिशामा अगाडि बढाउन सक्दैन । गरिबको मुत्ति गर्न सक्दैन । भन्छ समाजवाद आईसक्यो । त्यसैले यो कुटिल हाँसो सँग हामी सबै सजक रहन पर्छ र सजक रहनका लागि अनुरोध पनि छ । 

अब कुरा गरौँ  प्रफुल्लीत हाँसोको या त भन्नौ हट्टाहास सहितको हाँसो , जसको कुनै अर्थै छैन । तर सबैलाई लाग्छ यो नै  खास हाँसो हो । तर मैले भनिपनि सके यो हाँसोको कुनै अर्थ छैन । अहिलेको अवश्थामा वैज्ञानिक समाजवादको कल्पना गर्न नसक्ने , द्वन्दात्मक भौतिक वादलाई सहि तरिकाले नबुज्नेहरुले जुन चिजलाई जेमा खास मान्य गर्छन । त्यो सधै खास रहदैन । माक्र्सले भनेका छन् यो संसार परिवर्तनशिल छ । त्यसैले अहिलेको अवश्थामा खास छ तर त्यसको अर्थ छैन । कोहि ठुलो हाहाहा गरेर हासिदियो भने उसैले राज गर्ने व्यवस्थामा हामी बाचिरहेका छौ । त्यसो भए संगठन भित्र यो हाँसोले कस्तो अर्थ राख्दछ मैले यो प्रश्न चार बर्ष देखि खेलाएको छु ।  यस प्रश्नको मिल्दोजुल्दो उत्तर चाहिँ भेटिन । मैले जे बुजे काम नगर्ने रिपोर्ट ठुलाठुला गर्ने , आफुलाई बुज्रुरक सम्झने अरुलाई जो आफुभन्दा तल छन उनिहरुलाई भर्याङ बनाउन खोज्ने , कामचोर प्रबृत्ति लाई भने ठुलो सहयोग गरेको छ । यश हाँसोको अर्को अर्थ हुन्छ यथास्थितिमा रमाउने । परिवर्तनको दिशा छोड्ने । त्यसैले सच्चा माक्र्सवादी कम्युनिस्ट पार्टीका लागि यो हाँसो बहुत खतरनाक छ । ..............

« जनबादी खेलकुद मञ्च लिउँवाकोे दोस्रो वार्षिक उत्सव कार्यक्रमको उद्घाटन । «

» अखिल छैठौं बागलुङको सम्मेलनको तयारी तिब्र, जैमिनी र बरेङका दर्जन बढी बिद्यालयहरुमा संगठन निर्माण । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal