दर्ता. न‌: २४५/०६५/०६६

गत सोमबार पहिरोमा परी ज्यान गुमाएका क्षेत्री परिवारलाई राहत लिएर राजमो बागलुङका अध्यक्ष थापा धुल्लुबास्कोटमा ।

जीवन पौडेल, बरेङ । १५ आषाढ २०७५ । गत सोमबार राति परेको वर्षाका कारण ज्यान गुमाएका धुल्लुबास्कोटका विष्णु बहादुर क्षेत्रीका घरपरिवारलाई राष्ट्रिय जनमोर्चा जिल्ला समिती बागलुङले नगद रु ४० हजार आर्थिक सहयोग गर्ने भएको छ । राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले मृतकका परीवारलाई आर्थिक सहयोग गर्नको लागी जिल्लाबाट राहत लिएर आफ्न्तकोमा हिडेको बताउनुभएको छ ।

राहत हस्तान्त्रणका लागी राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापा, बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, पत्रकार महासंघ बागलुङका सदस्य प्रकाश छन्त्याल लगाएतको टोली घटना स्थलमा प्रश्थान गरेको बरेङ गाउँपालीकाका अध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष थापाले अन्य घरबास गुमाएकाहरुका लागी क्षतिको प्रकृति हेरेर राहत हस्तान्त्रण गर्ने बताउनुभएको छ । थापाले देश विदेशमा रहेका सम्पुर्ण व्यक्ति संघसस्था लगाएतालई सहयोगको लागी अपील गरिएको समेत बताउनुभएको छ । 

सोमबार राति परेको बाढिले धुल्लुबास्कोट लुरुङका विष्णु बहादुर क्षेत्री सहीत उहाँकी श्रीमति विष्णुमाया र ३ महिने छोरीको ज्यान गएको थियो भने धुल्लुबास्कोट र हुग्दिशिरमा गरी ३५ घरपरिवार विस्थापित भएका छन भने करोडौँको खेतबारीमा क्षेति पु¥याएको थियो ।

« प्रगतिशिल पत्रकार संघ उपशाखा वरेङद्वारा पत्रकार राना बचाउ अभियान शुरु «

» धुल्लुबास्कोटका पहिरो पिडीतलाई राजमो बागलुङको राहत । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal