अखिल छैठौं बागलुङको सम्मेलनको तयारी तिब्र, जैमिनी र बरेङका दर्जन बढी बिद्यालयहरुमा संगठन निर्माण ।
प्रकाश छन्त्याल, बरेङ । १२ भाद्र २०७६ । आगामी असोज ३ र ४ गते हुन गैरहेको अ ने रा स्व बि यु (छैठौ) को जिल्ला सम्मेलनको तयारीको लागी अखिल छैठौ बागलुङद्वारा संगठन बिस्तारको कार्य तिर्ब पारिएको छ ।
सोही शिलसिलामा बरेङ गाँउपालिका वडा न २ सर्बोदय माध्यामिक बिधालय बरेङमा बिहिबार कक्षा ११ र १२ का बिधार्थीहरुलाई संगठित गर्दै जिबन थापाको अध्यक्षतामा २५ सदस्यीय मुल ईकाई समितीको गठन गरिएको छ । जसमा उपाध्यक्ष करिश्मा सुनार,सचिव लेखान्त गिरी, सह सचिव रिता थापा र कोषाध्यक्षमा सन्देश पोखरेल चयन भएका छन ।
यसैक्रममा सर्बोदय माध्यामिक बिधालय बरेङमा कक्षा ९ र १० मा होम बहादुर सुनारको अध्यक्षतामा १९ सदस्यीय ईकाई कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष मन्जु पुन,सचिव पुर्ण बहादुर थापा, सह सचिव गंगा गुरुङ र कोषाध्यक्षमा दिपा थापा चयन भएका छन ।
त्यस्तै राङखानी माध्यामिक बिधालय राङखानीमा मनोज पुनको अध्यक्षतामा १३ सदस्यीय, धुल्लु लिउवा माध्यमिक बिधालय लिउवामा पे्रम परियारको अध्यक्षतामा १९ सदस्यीय, जनता माध्यमिक बिधालय पाहीमा टुकनाथ आचार्यको अध्यक्षतामा २५ सदस्यीय, जनता माध्यमिक बिधालय पैंयु थन्थापमा मिलन सप्लाङगीको अध्यक्षतामा २१ सदस्यीय,बिजुवा माध्यमिक बिधालय पैयुमा झपेन्द्र थापाको अध्यक्षतामा ३३ सदस्यीय , सर्बोदय जनक माध्यामिक बिधालयमा सिम्रन नेपालीको अध्यक्षतामा ३३ सदस्यीय ईकाई कमिटी गठन गरिएको छ । संगठन बिस्तारको काम भदौ १ गते सम्म जारी रहने अखिल छैठौ बागलुङका जिल्ला अध्यक्ष ईन्द्रमणि पाण्डेले बताए ।
« विचार ः संगठन,पार्टी, आन्दोलन,क्रान्ति, परिवर्तन र हाँसोको सम्बन्ध । «
» ब्राईटर फ्युचर युवा कल्बको वार्षिकोत्सवमा तीज विशेष मनोरञ्जनात्मक कार्यक्रम हुने »







