दर्ता. न‌: २४५/०६५/०६६

ब्राईटर फ्युचर युवा कल्बको वार्षिकोत्सवमा तीज विशेष मनोरञ्जनात्मक कार्यक्रम हुने

प्रकाश छन्तेल, राङखानी । २०७६ भाद्र १३ बागलुङको जैमिनी नगरपालिका वडा नं १० राङखानी नेवारे स्थित ब्राईटर फयुचर युवा कल्बले आफनो बार्षिकोत्सव  तीजको अवसरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरि मनाउने भएको छ । 

क्लबले भदौ १४ गते खुल्ला तीज गीत प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, खुल्ला रस्साकस्सी प्रतियोगिता, एकल तीज गीत प्रतियोगिता, कुर्ची दौड प्रतियोगिता लगायतका कार्यक्रमहरु गरी आफ्नो वार्षिकोत्सव मनाउने कल्बका कार्यक्रम संयोजक सुनिल छन्त्यालले बताए ।

कार्यक्रम शनिवार रेडियो बिहानीका स्टेशन को–अर्डिनेटर तथा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सदस्य प्रकाश छन्त्याल र बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माको उपस्थितीमा उट्घाटन गरिने क्लबका अध्यक्ष सन्तोष घर्ति मगरले बताए । 

प्रतियोगीहरुले शनिबार १० बजे भित्र आयोजक समक्ष  टिम दर्ता गराउनको लागि संघसंस्थालाई आग्रह गरेको छ । आफ्नै क्लबको खेल मैदानमा सम्पूर्ण कार्यक्रम हुने क्लवले जनाएको छ ।

कार्यक्रममा बिजेता, उपबिजेता हुने प्रतिस्पर्धीलाई नगद राशी तथा प्रमाण पत्रले सम्मान गरिने क्लबकी सचिव ललिता घर्तिमगरले बताइन् । २०६५ सालमा स्थापना भएको क्लबले समाजमा सक्रियताका साथ सामाजिक काम गर्दै आएको र तीजको अवसर पारेर कार्यक्रम गर्ने गरेको क्बलका कार्यक्रम संयोजक सुनिल छन्त्यालले बताए ।

« अखिल छैठौं बागलुङको सम्मेलनको तयारी तिब्र, जैमिनी र बरेङका दर्जन बढी बिद्यालयहरुमा संगठन निर्माण । «

» भृकुटी माविको शुक्रबारे कार्यक्रम तीज गीत प्रतियोगिता »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal