बरेङमा विद्युतको लुकामारी, सम्बन्धित निकायको ध्यान केन्द्रित भएन
प्रकाश छन्त्याल बरेङ । २०७६ भाद्र २० बागलुङको बरेङ गाँउपालिका वडा नम्बर १, २ र ३ का गाउँहरु र बरेङ बजारका विद्युत ग्राहक कसैका घरमा उज्यालो त कसैको घरमा अध्यारोको भएकोे ४ दिन हुदाँ पनि सम्बन्धित निकायको ध्यान जान नसकेकोले स्थानिय विद्युत ग्राहकहरुले ब्यापक गुनासो गरेका छन् ।
सधैँका वर्षका चार्डपर्वहरुमा त झन २÷३ दिन सम्म न आउने कतिबेला आउने कतिवेला जाने लुकामारी खेले जस्तै भएको छ ।
सामुदायिक विद्युत उपयोग गर्ने ग्राहक मर्कामा परेको यो नयाँ खबर चाँही होईन, बिगतका समयहरुमा पनि यो क्षेत्रमा न त हावा चल्न हुन्छ, न त पानी पर्न हुन्छ दुबै समस्या आए ग्राहकहरु मैन बत्तिको साहरामा गुजारा चलाउने बाध्यतामा परिरहेका छन् र विद्युत नहुँदा टावरमा पनि समस्या हुनाले बरेङ क्षेत्रका बासिन्दा सञ्चारको सुविधा समेत राम्रोसँग उपयोग गर्न पाएका छैनन् ।
स्थानिय सरकारले पहल गरेतापनि सामान्य विद्युतको समस्याले स्थानिय पिरोलिएका छन । गुल्मीको उत्तरी क्षेत्र संगै जोडिएकोे सामुदायिक विद्युतको थप ब्यवस्थापन हुन नसकेको हो की सम्बन्धित निकायको कुनै चासो नभएको हो यो अन्यौलताको बिषय बनेको छ ।
ब्यवस्थापन निकायले ब्यबस्थित ढंगबाट र्कमचारीको ब्यवस्थापन नमिलेको हो की ब्यवस्थापन नै गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय विद्युत ग्राहकहरु मर्कामा परे पनि मासिक शुल्क समयमै उपलब्ध गराइराखेका छन् भने परिचालित कर्मचारीले तलब पनि नियमित बुझेको जानकारी छ । जनताको पसिनाको कमाई खाएर कर्मचारीले काम नगरेको होकी व्यवस्थापन समितिको कमजोरी हो त्यता तर्फ स्थानीय निकायले बढी चासोका साथ ध्यान दिनुपर्ने देखिन्छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ल्याएको लोडसेडिङ मुक्त नेपाल बनाउने उद्देश्य ठूला बजारमा मात्र सिमित नै होकी गाउँगाउँमा पनि मुक्त हुने हो जनता अन्यौलमा रहेका छन ।
सामुदायिक विद्युत बरेङ एरियाको सुधार कहिले सुल्झिने पर्खाईमा यस क्षेत्रका जनता रहेका छन । विद्युत अवरोधका कारण बरेङ क्षेत्रको ईन्टरनेट सेवा, बैंकिङ सेवा र अलगायत विभिन्न उधोग ब्यवसायी समेत मर्कामा परेका छन । छिट्टै समाधानको पक्षमा सम्बन्धित निकायको ध्यान जाओस् ।







