दर्ता. न‌: २४५/०६५/०६६

धारा मा.वि तंग्रामको अध्यक्षमा थापा चयन, जिल्लाकै नमुना विद्यालय रहेको काठेखोला गा.पा उपाध्यक्षको भनाई

बिहानी संवाददाता, तंग्राम । २०७६ भाद्र २०।  बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम स्थित धारा माध्यमिक विद्यालयमा बिहिबार विद्यालय व्यवस्थापन समितिको गठन भएको छ । 

२०५ जना उपस्थितिको अभिभावक भेलाले स्थानीय अमरबहादुर थापालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेका छन् ।

प्रमुख अतिथि काठेखोला गाउँपालिकाका उपाध्यक्ष अर्जुन बहादुर खत्रीले भेलाको उद्घाटन गरेका थिए । उद्घाटन बोल्दै खत्रीले धारा माध्यमिक विद्यालय जिल्लाकै नमुना विद्यालयको रुपमा परिचित रहेको बताए । उनले भने अनुगमन गर्दा शान्त वातावरणम दक्ष शिक्षकद्धारा अध्यापन हुने विद्यालयमा विद्यार्थी अनुशासित र अध्ययनशिल रहेको पाइयो ।

अमर बहादुर थापाको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको छ भने दिलबहादुर पुनको संयोजकत्वमा १६ सदस्यीय शिक्षक अभिभावक संघ गठन भएको विद्यालयले जनाएको छ । 

निर्वाचित भएका समितिहरुलाई चन्द्र प्राथमिक विद्यालयका प्रध्यानाध्यापक गिरबहादुर पुन, वडा सदस्य टिकाराम पुन, श्रोत व्यक्ति पूर्णप्रसाद ढुगाांना र काठेखोला गाउँकार्यपालिका सदस्य टिका संगम विकले बधाई मन्तव्य व्यक्त गरेका थिए भने प्रतिबद्धता मन्तव्य नवनिर्वाचित अध्यक्ष अमरबहादुर थापाले गरेका थिए ।

कार्यक्रममा काठेखोला गाउँपालिकाका उपाध्यक्ष अुर्जनबहादुर खत्री, चन्द्र प्रा.वि का प्रअ गिरबहादुर पुन, विद्यालय व्यवस्थापन समितिका सल्लाहकार ओमबहादुर पुन, श्रोत व्यक्ति पूर्णप्रसाद ढुंगाना, काठेखोला गाउँकार्यपालिका सदस्य टिका संगम वि.क, वडा अध्यक्ष केशव थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य थिरबहादुर रानाको स्वागत मन्तव्य, शिक्षक भिमबहादुर विकको सञ्चालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर थापाको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

« बरेङमा विद्युतको लुकामारी, सम्बन्धित निकायको ध्यान केन्द्रित भएन «

» धारा मावि तंग्राममा विविध अतिरिक्त क्रियाकलाप गरी मनाइयो शिक्षा दिवस । »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal