दर्ता. न‌: २४५/०६५/०६६

धारा मावि तंग्राममा विविध अतिरिक्त क्रियाकलाप गरी मनाइयो शिक्षा दिवस ।

बिहानी संवाददाता, तंग्राम । २०७६ भाद्र २३ । अन्तराष्ट्रिय साक्षरता तथा ४० आँै शिक्षा दिवस आइतबार धारा माध्यमिक विद्यालय तंग्राममा मनाइएको छ । 

बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राममा अवस्थित धारा माध्यमिक विद्यालयमा विविध अतिरिक्त क्रियाकलाप गरी शिक्षा दिवस मनाइएको अतिरिक्त विभागका संयोजक कर्ण बहादुर पुनले  बताए ।

कार्यक्रमका प्रमुख अतिथि काठेखोला गाउँकार्यपालिका सदस्य टिका संगम विकले  देशमा शैक्षिक वातावरण सिर्जना गरि दक्ष जनशक्ति उत्पादन गर्दै देशलाई विकसित गराउनको लागि सरकारले शिक्षामा भरपुर लगानी गर्दै बिद्यार्थीको विदेश पलायन रोक्नुपर्ने बताएका थिए । त्यस्तै सामुदायिक बिद्यालयहरुमा शिक्षाको गुणस्तर सुधारका लागि राष्ट्रिय शिक्षा नितिमा सुधार गर्दै युग सुहाउँदो शिक्षामा जोड दिनुपर्ने प्रध्यानाध्यापक मित्रदत्त ढकालको भनाइ थियो ।

कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई विभिन्न खाले शैक्षिक गतिविधिका प्रतियोगितात्मक कार्यक्रम गराइएको विद्यालयले बताएको छ । कक्षा नर्सरीका विद्यार्थीबीच अक्षर चिन्ने प्रतियोगित, कक्षा १, २ र ३ का विद्यार्थीबीच शब्द चिन्ने प्रतियोगिता,  कक्षा ४ र ५ का विद्यार्थीबीच हिसाब दौड प्रतियोगिता, कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुबीच वत्तृmत्वकला प्रतियोगिता भएको थियो । बिजेता प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कारद्धारा सम्मान गरिएको अतिरिक्त विभाग संयोजक पुनले बताए । शिक्षक कृष्ण पुनले सञ्चालन गरेको कार्यक्रममा प्रध्यानाध्याापक मित्रदत्त ढकाल र काठेखोला गाउँकार्यपालिकाका सदस्य टिका संगम विकले मन्तव्य व्यक्त गरेका थिए । 

« धारा मा.वि तंग्रामको अध्यक्षमा थापा चयन, जिल्लाकै नमुना विद्यालय रहेको काठेखोला गा.पा उपाध्यक्षको भनाई «

» बरेङ गा.पा को आयोजनामा वक्तृत्वकला प्रतियोगिता, छात्रामा सर्वोदयकी निमकुमारी र छात्रतर्फ सल्यान सुखौरा माविका किरण प्रथम »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal