दर्ता. न‌: २४५/०६५/०६६

बरेङ गा.पा को आयोजनामा वक्तृत्वकला प्रतियोगिता, छात्रामा सर्वोदयकी निमकुमारी र छात्रतर्फ सल्यान सुखौरा माविका किरण प्रथम

केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र २३ । ५३ आँै अन्र्तराष्ट्रिय साक्षरता तथा ४० आँै राष्ट्रिय शिक्षा दिवसको अवसरमा बरेङ गाउँपालिकको आयोजनामा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ । 

बागलुङको बरेङ गाँउपालिकाले गाउँपालिका भित्रका ६ माध्यमिक विद्यालयहरुका १२ जना  विद्यार्थीहरुलाई गाउँपालिकाको कार्यालय हुग्दिशिर सुदलामा एक कार्यक्रमका बीच “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार” शिर्षकमा वक्तृत्वकला प्रतियोगितामा प्रतिष्पर्धा गराएको थियो । 

प्रतियोगितामा छात्रा तर्फ सर्बोदय माविकी निम कुमारी गिरी प्रथम, शारदा माविकी अस्मिता बुढाथाकी द्धितिय, सल्यान सुखौरा माविकी बिष्णु बोहोरा तृतिय भएका थिए भने छात्र तर्फ सल्यान सुखौरा माविका किरण क्षेत्री प्रथम, शारदा माविका अर्जुन सुनार द्धितिय र महेन्द्र मावि सुखौराका रेशम शर्मा तृतिय भए ।

कार्यक्रममा प्रमुख अतिथी बरेङ गाँउपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बैकुण्ठ पौडेलले गाँउपालिकाले तय गरेको शिक्षानिती कार्यन्वयनको अवस्था तथा सामुदायीक विधालयको गुणस्तर अभिवृद्विका लागि गाँउपालिकाले गरेका प्रयासहरुको बारेमा चर्चा गरेका थिए । 

सोही अवसरमा बरेङ गाँउपालिकाकी उपाध्यक्ष्,ा दिलकुमारी पुनले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापतर्फ आर्कषित गरिएमा विद्यार्थीको बौद्धिक विकास बढ्ने बताएकी थिइन् भने शिक्षा स्तरमा कुनै पनि राजनितीकरण हुन नदिने प्रतिबद्वता व्यक्त गरिन् ।

बिजेता प्रथम, द्धितीय र तृतीय विद्यार्थीलाई नगद पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको प्रमुख प्रसाशकीय अधिकृत बैकुण्ठ पौडेलले बताए  । कार्यक्रम बरेङ गाँउपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनको अध्यक्षता, स्रोत ब्यक्ती यज्ञ प्रसाद न्यौपानेको स्वागत मन्तव्य, भृकुटी माविका प्रधानाध्यापक रुपनारायण शर्माको शुभकामना मन्तव्य र सल्यान सुखौरा माविका शिक्षक नवराज सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै बरेङ गाँउपालिका वडा नम्बर २ हुग्दिशिर स्थित सर्बोदय माध्यमिक विद्यालय र बरेङ गाँउपालिकाकै वडा नं ३ बाटाकाचौर साग्दीको साग्दी प्राथमिक विद्यालयमा पनि “हामी सबैको प्रण, सार्बजानिक शिक्षा प्रणालीको सबलीकरण” भन्ने नाराका साथ विभिन्न शैक्षिक गतिविधिमूलक  कार्यक्रमहरु सम्पन्न भएको बताइएको छ । 

« धारा मावि तंग्राममा विविध अतिरिक्त क्रियाकलाप गरी मनाइयो शिक्षा दिवस । «

» दुवै मृगौला पीडित तुले दमैलाई आर्थिक अभाव ः सहयोगको लागि अपिल »

सम्बन्धित समाचारहरु

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal