दुवै मृगौला पीडित तुले दमैलाई आर्थिक अभाव ः सहयोगको लागि अपिल
केशबराज क्षेत्री, हुग्दिशिर । २०७६ भाद्र २४ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर डाडाथोक घर भएका तिलबहादुर दमैका छोरा ५२ वर्षीय तुले दमैका दुवै मृगौला खराब भएपछि आर्थिक सङ्कटमा परेका छन् ।
विगत १ वर्षदेखि पोखराको गण्डकी हष्पिटलमा उपचार गराउँदै आईरहेको श्रीमती बिजुला परियारले बताइन् । गरिब विपन्न परिवारका व्यक्ति भएकोले उपचारका लागि आर्थिक अभाव भएको हुँदा सहयोगको लागि परियारले अनुरोध गरेकी छन् ।
विगतमा भारतमा समेत रोजगारीका लागि झन्डै २० वर्ष बिताएका मृगौला पीडित दमै पछिल्लो समय घरमै कृषि काम गर्दै परिवार चलाइरहेका थिए । ४ छोरा र एक श्रीमती रहेका दमैको शरिरमा एक्कासी समस्या आएपछि चेकजाँच गर्दा दुवै मृगौलामा समस्या देखिएको बताएका छन् ।
उनका छोरा सुनिल परियारको प्रभु बैँकको खाता नम्बर १७०१०७०१३१२१७८०००००१ मा अथवा फोन नम्बर ९८६४२४८६२३ मा फोन गरेर पनि सहयोग रकम हस्तारण गर्न सकिने मृगौला पीडितको परिवारले जानकारी गराएको छ ।
» पुरुषोदय मा.विका शिक्षक शर्मालाई बिदाई ः प्रअ श्रीसद्धारा प्रशंसा »







