पुरुषोदय मा.विका शिक्षक शर्मालाई बिदाई ः प्रअ श्रीसद्धारा प्रशंसा
केशबराज क्षेत्री, बरेङ । २०७६ भाद्र २४ । पुरुषोदय माध्यमिक विद्यालयका शिक्षक चेतनारायण शर्मालाई एक कार्यक्रमका बीच सोमबार बिदाई गरिएको छ ।
बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर बराहकोट स्थित पुरुषोदय माध्यमिक विद्यालयका आधारभूत तह राहत अंग्रेजी शिक्षक शर्मालाई स–सम्मान बिदाई गरिएको विद्यालयले बताएको छ ।
विगत ५ वर्षदेखि अध्यापन गराउँदै आएका शिक्षक शर्मा अध्ययनका लागि न्युजिल्यान्ड जान लागेकाले बिदाई गरिएको प्रध्यानाध्यापक मनबहादुर श्रीसले बताए ।
कार्यक्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी सन्दिप शर्मा, पार्वती क्षेत्री र शिक्षक नामबहादुर थापाले बिदाई मन्तव्य व्यक्त गरेका थिए । प्रध्यानाध्यापक श्रीसले भने विद्यालयमा रहँदा लगनशिल र कर्तव्यनिष्ठ शिक्षकको रुपमा काम गरेको भन्दै शिक्षक शर्माको प्रशंसा गरे । श्रीसले उच्च शैक्षिक सफलताको कामना गर्दै पुनः सहकार्य गर्ने अवसर मिलोस् भन्ने शुभकामना व्यक्त गरेका थिए । त्यस्तै शिक्षक शर्माले विद्यालयप्रति धन्यवाद व्यक्त गर्दै आफू अध्यापनमा रहँदा धेरै कुरा सिक्ने अवसर मिलेकोमा आभारी रहेको बताए । शर्माले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै पुनः अवसर मिलेमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मायाको चिनो प्रदान गरी खादा र अबिरद्धारा सम्मान गरिएको बिदाई कार्यक्रममा प्रध्यानाध्यापक मनबहादुर श्रीसको अध्यक्षता र शिक्षक नरिनारायण शर्माले सञ्चालन गरेका थिए ।
« दुवै मृगौला पीडित तुले दमैलाई आर्थिक अभाव ः सहयोगको लागि अपिल «
» बुटवलबाट बरेङका लागि छुटेको जिप सिद्धबाबामा दुर्घटना ः चालकको मृत्यु »







